दुई दिनदेखि बेपत्ता व्यवसायी रेग्मी मृत फेला

इलाम, ४ चैतः गत आईतबार अपरान्हदेखि बेपत्ता पाँचथरका एक व्यापारी मृत फेला परेका छन् । पाँचथरको रवि बजारका स्थानीय व्यवसायी दिनेश रेग्मी निधारमा दुई राउण्ड गोली लागेको अवस्थामा मृत फेला परेको पाँचथर प्रहरीले जनाएको छ ।
उनलाई प्रहरी र स्थानीयले पाँचथरको रविबजारसँग सिमाना जोडिएको इलामको फुएतप्पा ५ स्थित राउते जंगलमा मृत फेला पारेको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
रविबजारमा चुरोट र रिचार्ज कार्डको होलसेल बिक्रेता २७ वर्षीय रेग्मी आइतबार अपरान्हदेखि बेपत्ता थिए । छिमेकी सराङडाँडा ८ सप्तमी बजारबाट डिस होम मर्मतका लागि खबर आएको भन्दै आइतबार अपरान्ह ४ बजे पसल छोडेर त्यसतर्फ हिँडेपछि बेपत्ता भएका उनलाई योजनाबद्ध ढंगले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी कोईरालाको बताए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
डिसहोम र सोलार जडानको प्राविधिक सीप समेत भएका उनको रवि बजारमा खुकुरी चुरोट र रिचार्ज कार्डको होलसेल पसल छ । रवि बजारबाट हिडेपछि सम्पर्क विहिन रहेका उनको मोटरसाइकल करिब १५ मिनेट दुरीमा इलाम जिल्लाको फएतप्पा ७ राउते जंगमलमा भेटिएको थियो ।
मोबाइल र मोटरसाइकल भेटिएको आसपासका क्षेत्रमा खोजी गर्ने क्रममा मंगलबार बिहान १० बजे रेग्मीलाई जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीय र प्रहरीले रेग्मीलाई कुनै अपराधिक ब्यक्ति वा समूहले योजनाबद्व ढंगबाट होम टिभि बनाउन भन्दै बोलाएर अपहरण गरेको हुनसक्ने अनुमान गरेका छन् । हत्या प्रकरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment