रेडपाण्डाको छालासहित पक्राउ

काठमाडौँ, २ चैत । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित महानगरीय अपराध महाशाखा टेकुले आज दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने काभ्रे महाँकाल–८ का ३० वर्षीय लोकविक्रम लामा र काठमाडौँ बौद्ध नयाँबस्ती बस्ने काभ्रे शिखर गाविस–३ का प्रेम लामा छन् । स्वयम्भूमा बिक्री वितरण गर्न छाला लिई हिँडिरहेको अवस्थामा दुईथान छाला र बा७०प ७४५२ नम्बरको मोटरसाइकलसहित महाशाखाको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment