एसएलसी आजबाट शुरु, इलाममा छ हजार ९८३ जना विद्यार्थी सामेल

इलाम, आजबाट इलाममा लगायत देशैभरी प्रवेशिका परीक्षामा शु्रु भएको छ ।
इलाम जिल्लामा ३१ वटा केन्द्रमा यसवर्षको एसएससी परीक्षामा इलामबाट नियमित र एक्जाम्टेडतर्फ गरी छ हजार ९८३ जना विद्यार्थी सामेल हुने भएका छन् ।  २९ जना पुरूष केन्द्राध्यक्ष र दुई महिलालाई नियुक्ति दिइएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको छ ।
सदरमुकामस्थित आदर्श उच्च माविको ‘ग’ केन्द्रमा हेमलता उप्रेती र चुलाचुलीस्थित जनता उच्चमाविको ‘ख’ केन्द्रमा सरस्वती शिवालाई केन्द्राध्यक्षको रूपमा नियुक्ति दिइएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले बताए ।
‘गतवर्ष पनि महिलाले सञ्चालन गरेको केन्द्रमा परीक्षा राम्रो भएको पाइयो, त्यसलाई निरन्तरता दिन यसपालि दुई केन्द्रको जिम्मा पनि महिला शिक्षकलाई नै दिएका हौंँ,’ उनले भने ।
केन्द्राध्यक्षको जिम्मेवारीमा कम महिला सहभागिता हुनु महिलालाई बन्देज लगाए जस्तै भएको बताउँदै केन्द्राध्यक्ष उप्रेतीले भने, ‘जिम्मेवारी पाए महिलाले पनि परीक्षा सञ्चालन गर्न सक्छन् ।’
आदर्श ‘ग’ केन्द्रमा सहायक केन्द्राध्यक्षको रूपमा निमावि शिक्षक झुमा काफ्लेलाई नियुक्ति दिइएको छ ।
दुई केन्द्रमा महिलालाई केन्द्राध्यक्षको जिम्मेवारी दिएपछि ती केन्द्रमा सहायक केन्द्राध्यक्ष र निरीक्षक पनि महिला नै राखिने केन्द्राध्यक्ष उप्रेतीले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment