सिर्जनशील पत्रकारिता पुरस्कार नकुलकाजीलाई

सुरुङ्गा (झापा), १६ चैत । यस वर्षको एसएल शर्मा सिर्जनशील पत्रकारिता पुरस्कारबाट झापाका अग्रज पत्रकार नकुलकाजी पुरस्कृत हुनु भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी शर्माको नामबाट स्थापित उक्त पुरस्कारबाट काजी पुरस्कृत हुनुभएको हो । पुरस्कारको राशि रु २१ हजार रहेको छ । नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो । 
प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की र दातापरिवारका तर्फबाट राजेन्द्र सलभले काजीलाई पुरस्कार प्रदान गर्नुभयो । 
नेपाल पत्रकार महासङ्घ झापा शाखा अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रमकै बीच शर्माकी श्रीमती पार्वतीदेवी शर्माको नामबाट स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट यस वर्ष अग्रज पत्रकार गञ्जबहादुर दाहालकी श्रीमती कल्याणी दाहाल पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि ११ हजार रहेको छ । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment