स्वाभिमान अभियान लिएर ‘पहाडी’ इलाममा

इलाम ११ चैतः मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले असन्तुष्टिलाई सम्बोधन गर्न सके शान्तिपुर्ण समाजको निर्माण हुने बताएका छन् । शान्तिपुर्ण समाजको निर्माण गर्न राजनीतिकर्मी, नागरिक समाज र देशवासीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताएका छन् । बुधबार इलाम सदरमुकाममा स्वाभिमान अभियानलाई सम्बोधन गर्दै उनले प्रकृति, राष्ट्रिय र ब्यक्तिको स्वाभिमान उच्च राख्न सो अभियान फलदायी हुने बताए । लोकतन्त्रमा राजनैतिककर्मी वकिल र जनता मालिक हुने बताउँदै उनले वकिलले जुनसुकै तर्क र एजेन्डा राखे पनि मालिकले बुझ्न जरुरी हुने बताए । उनले दलको विकल्प दल नै हुने बताउँदै कुनै पनि दलले जनताको भावनाको कदर गर्न नसके अर्को दल रोज्न सक्ने धारणा राखे ।
कुनैपनि पंक्षिले जतिसुकै लामो उडान भरे पनि बास बस्नका लागि धर्तीमा आउनै पर्ने र राजनितिक दलले जतिसुकै अहंकार गरेपनि भोट माग्न जनतासामु पुग्नै पर्ने धारणा राखे । मोरङको बिराटनगरबाट सुरु गरिएको स्वाभिमान अभियानलाई देशब्यापी बनाउने उद्देश्यले इलाम आएका उनी सँगै मानवअधिकार तथा शान्ति समाजको टीम बिहीबार फिदिम र शुक्रबार ताप्लेजुङ जाने कार्यक्रम तय भएको छ । कार्यक्रममा राजनीतिक दलका तर्फबाट एमाओवादीका जीवन शर्मा, नेकपा एमालेका भक्त केसी र नेपाली कांग्रेसका होम दुलालले अभियानलाई साथ दिने बताएका थिए । त्यस्तै समाजकी केन्द्रिय कोषाध्यक्ष रेणुका पौडेल, पुनरावेदन बारका अध्यक्ष तारा पराजुली लगायतले समेत मव्तब्य राखेका थिए । नागरिक समाज इलामका अगुवा धर्म गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रम समाजका महासचिव उत्तम पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा शुदेश सत्यालले दुईवटा छन्दोवद्ध कविता समेत प्रस्तुत गरेका थिए ।  हालसम्म देशका तीस जिल्लामा बिस्तार भएको समाजका नौ हजार साधारण सदस्य र छ सय त्रिपन्न जना आजिवन सदस्य रहेका छन् । इलाममा पनि समाजको शाखा गठन हुने भएको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment