विराटनगरः हिन्दु धर्मावलम्बीहरुको महान पर्व होलीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि मोरङमा नेपाल र ट्राफिक प्रहरीले सक्रियता देखाएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले माइकिङ गर्न थालेको छ। विगतमा ट्राफिक नियम उल्लंघनका घटना बढेका कारण यस पटक यस्ता घटना नहुन् भनेर माइकिङ थालिएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले बताए। नियम उल्लंघन गर्दा मानविय तथा भौतिक क्षति हुने भएका कारण सबैलाई सचेत गराउनका लागि माइकिङ थालिएको जानकारी उनले दिए।
विगतमा मानविय तथा भौतिक क्षतिका घटना बढि भए,ु उनले भने, ुविगतमा भएका घटनालाई मध्यनजर गर्दै यस वर्ष होली पर्वलाई दुर्घटना रहित बनाउन सुरुदेखिनै सबैलाई सचेत गराउन थालिएको हो।ु
होली पर्वमा खुशीयाली मनाउने नाममा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा, क्षमता भन्दा बढी यात्रु बसेर यात्रा गर्दा तथा सवारी चलाउँदा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ। प्रहरी निरीक्षक शिवाकोटीले रमाईलोका नाममा ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउने जोकोहीलाई कारवाही गरिने समेत बताए। नियम उल्लंघन गर्नेहरुका बारेमा तत्काल खवर गर्नपनि ट्राफिक प्रहरीले आग्रह गरेको छ।
यस्तै नेपाल प्रहरीले समेत मोरङका विराटनगर लगायतका स्थानलाई लक्षित गरेर होली विशेष सुरक्षा रणनीति तयार पारेको छ। वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक किशोर लम्सालले कुनैपनि घटना हुन नदिएर होलीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि छुट्टै सुरक्षा रणनीति तयार पारिएको जानकारी दिए। उनले मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने, झैझगडा गर्ने र जवरजस्ती रंग लगाउने तथा लोला हान्ने लगायतका गतिविधी गर्न प्रतिवन्ध लगाइएको बताए। मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले भने, ुनियम विपरित जान कसैलाईपनि छुट दिइने छैन।ु उनले कसैले जबरजस्ती रंग लगाउने र लोला हान्ने तथा झैझगडा गर्ने लगायतका गलत हर्कत गरेमा तत्काल प्रहरीलाई जानकारी दिनपनि आग्रह गरे।

0 comments:
Post a Comment