इटहरी, ७ चैत ; जिल्ला पार्टी कार्यालय इनरुवामा निर्माण गरिने नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिकको आज नेत्री सुजाता कोइरालाले शिलान्यास गर्नुभयो ।
गिरिजाप्रसादको छैटाँै स्मृति दिवसका अवसरमा आयोजित सो कार्यक्रममा नेत्री कोइरालाले काँग्रेसले मुलुकको आर्थिक उन्नतिका लागि नेतृत्व गर्न जरुरी रहेको बताउनुभयो ।
नेत्री कोइरालाले मुलुकले सङ्घीय संरचनासहितको संविधानसमेत प्राप्त गरिसकेकाले अब नेपालको आर्थिक सामाजिक एवम् औद्योगिक उन्नतितर्फ अग्रसर गराउन काँग्रेसले देश सञ्चालनमा जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका सुनसरी सभापति राजिव कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद सीताराम मेहेता, सूर्यदेव उराव, नेत्री मीना सुब्बा, रामप्रसाद मेहेता, मेहन्दी हुसैन सुरेशमान श्रेष्ठ, बाबुराम विष्ट, रफुल अन्सारी, सुवास कोइराला, तिलक राई, गोविन्द दर्नाल, सुदीप अधिकारी, विजया कटवाल, पङ्कज मेहेता र गुुलाबी मियालगायतले कोइरालाको योगदानबारे मन्तव्य राख्नुभएको थियो ।
रासस

0 comments:
Post a Comment