प्रयास लिम्बू
ताप्लेजुुङ,३० फागुन । संघीय लिम्बुवान महिला परिषद्को ताप्लेजुङ नगर कमिटी गठन भएको छ । ताप्लेजुङ नगरपालिका अन्तर्गत नगरपरिषद्मा अमृता गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो ।
संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा संघीय लिम्बुवान महिला परिषद्की उपाध्यक्ष इन्दिरा मेन्याङ्बोको प्रमुख आतिथ्यमा गठित नगरपरिषद्को उपाध्यक्षद्वयमा दीपा लाबुङ र चित्रकला केदेम, सचिव चन्द्रकला बोखिम, सहसचिव ललिता तुम्बाहाम्फे र अर्थसचिवमा रमला फेम्बु चयन भएका छन् ।
यस्तै नगरपरिषद्का सदस्यहरुमा कविता पराजुुली, प्रमिला पराजुली, कमला बोखिम, विष्णु मादेन, अनु मादेन, रीता लिम्बु, निशा वनेम, मन्जिता लिम्बु, नीता लिङ्देन, दुर्गा भारती, रोश्नी लिम्बु, सुशीला खतिवडा लगायत रहेका छ । कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपाल केन्द्रीय मुक्साम लाबुङ, महिला परिषद् केन्द्रीय सचिवालय सदस्य शान्ता वनेम, युवामञ्च केन्द्रीय सदस्य सरीता पालुङ्वा लगायतको उपस्थिति रहेको शान्ता वनेमले जानकारी दिइन् । वनेमका अनुसार महिला परिषद् जिल्ला उपाध्यक्ष कौशिला मादेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

0 comments:
Post a Comment