विद्यार्थीले थाले ‘सफा गोदक’ अभियान

फागुन ः गोदक गाविस स्थित एक विद्यालयका विद्यार्थीहरुले सफा गोदक अभियान थालेका छन् । हरिहर मेमोरियल अङ्ग्रेजी विद्यालय गोदकले थालेको सफा गोदक अभियानलाई साथ दिदै त्यहाँका विद्यार्थीहरुले गोदकको शिर भागमा पर्ने जौवारी भञ्ज्याङ बजारबाट सरसफाई गर्न शुरु गरे । सैयौँको सङ्ख्यामा राजमार्गमा दौडने अत्याधिक यात्रुवाहक र मालबाहक गाडीहरुलाई रोकर विद्यार्थीहरुले गाडीमा यात्रुहरुले उत्पादन गर्ने फोहरलाई सडकमा नफ्याक्न अनुरोध गरे ।
सडकपेटीमा रहेका पसल तथा होटल सञ्चालकहरुलाई सडकमा फोहर नफ्याक्न र प्लाष्टिकका झोला प्रयोग नगर्न विद्यार्थीहरुले सुझाए ।  विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी भई जौबारीबाट शुरु गरेको सरसफाई र सचेतना कार्यक्रम गोदकको घट्टा सडकखण्डमा गएर सम्पन्न भयो । सडकमा दौडिएका ४ सय गाडीहरुलाई रोकेर विद्यार्थीहरुले फोहर व्यवस्थापन गर्न तथा प्लाष्टिकका झोलाको विकल्प खोजी गर्न अनुरोध गर्दै सरसफाईको विषयमा छापिएको पर्चा बाडे ।  गोदक गाविसमा अत्याधिक क्षेत्रमा मेची राजमार्ग पर्ने र राजमार्गमा दौडने गाडीका यात्रुहरुले सडक फोहर गर्ने गरेकोले सरसफाई तथा सचेतना अभियान थाल्नु परेको विद्यालयका निर्देशक तिर्थ राईले बताए । उनले भने, “विद्यार्थीमार्फत थालिएको यो अभियान अरुले पनि सिकोस् भन्ने हाम्रो चाहना हो ।” नेपाल सरकारको तर्फबाट गाविसले पनि यो अभियानलाई साथ दिए  विद्यालयले कल्पना गरेको प्लाष्टिकको झोला मुक्त सफा गोदक परिकल्पना यथार्थमा परिणत हुने राईले बताए । कार्यक्रममा विद्यार्थी र शिक्षकहरु र नागरिक समाजका प्रतिनिधिहरु गरि सय जनाको उपस्थिति थियो ।   मेची राजमार्गको १५ किलोमिटर क्षेत्र गोदक गाविसमा पर्छ । विद्यालयको “समाजिक शैक्षिक उत्तरादायित्व” अन्तरगत हरेक बर्ष विद्यालयले यस्ता समाजिक कार्यहरुमा सहभागीता जनाउदै आएको आएको विद्यालयका प्रधानाध्यापक सुवेन्द्र राईले जनाकारी दिए । विभिन्न विदाहरुको अवसर पारेर सफा गोदक अभियानलाई विद्यालयले निरन्तरता दिने समेत उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment