पर्यटनका लागि सुखानी देखि ढुङ्गेसाघुसम्म

झापा, २६ फागुनः नेकपा (एमाले) मेची अञ्चल समन्वय कमिटीले मेची अञ्चलको पर्यटन प्रवद्र्धनको लागि अभियान चलाउने भएको छ । ‘मेची अभियान’ नाम दिईएको सो भ्रमणको उद्घाटन ईलामको सुखानीमा चैत २७ गते एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गर्ने मंगलबार बिर्तामोडमा पत्रकारसम्मेलन मार्फत जानकारी दिईयो ।
मेची अञ्चको पर्यटकीय, साँस्कृतिक र राजनीतिक महत्वका स्थानहरु सबैको अवलोकन भ्रमण गरिने नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले बताए । अवलोकल भ्रमणमा ७५ वटै जिल्लाका अध्यक्षहरु, अञ्चल इन्चार्जहरु लागायत गरेर सय जनाको बढीको उपस्थिती रहने कार्कीले जानकारी दिए ।
झापा विद्रोहका ५ जनाको शाहदत क्षेत्र सुखानीबाट सुरु भएको अभियान चैत ६ गते सुनसरीमा पुगेर समापन हुनेछ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ् हुँदै संखुवासभाकोे गुफा पोखरी, तेह्थुमको लाली गुँरासको राजधानी तिनजुरे मिल्के क्षेत्र, तेह्थुम वसन्तपुर, छिन्ताङ धनकुटाबाट इटहराको भदन भण्डारीको घरको अवलोक गर्दै भ्रमणको अन्त्य हुने कार्कीले बताए । उनले कुनै पनि राजनीतिक दलले आयोजना गर्ने नियमित कार्यक्रम भन्दा यो कार्यक्रम नयाँ प्रकृतिको भएको पनि प्रष्ट पारे ।  जुन ठाउँमा पुगिन्छ त्यहिको पार्टी कमिटीले खान बस्नको व्यवस्था गर्ने भएकाले धेरै खर्च पनि नहुने मेची पर्यटन प्रर्वद्धन अभियानका संयोजक भास्कर काफ्लेले बताए । अभियानका क्रममा इलाम पुगेको टोलीलाई एमालेका वरिष्ठ नेता झलनाथ खनालले, पाँचथरमा तत्कालिन संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले र ताप्लेजुङमा एमालेका सचिव योगेस भट्टराईले स्वागत गर्ने कार्यक्रम तय भएको पनि काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment