कांग्रेसको मतदान सकियो, ३१ सय ४८ मत खस्यो

काठमाडौंः कांग्रेसको १३ महाधिवेशन अन्तरगत बिहान पौने नौ बजेबाट शुरु मतदान राति ७ बजे सकिएको छ । बेलुका साढे पाँच बजेसम्म निर्धारण गरिएको मतदान सात बजे सकिँदा ३१ सय ४८ मत खसेको हो ।
राति आठ बजे सकिने भनिएको मतदान एक घन्टा अगाडि सकिएपछि अहिले निर्वाचन समितिको बैठक बसिरहेको छ । निर्वाचन कमिटिको बैठक सकिएपछि सभापतिको मत गणना शुरु हुनेछ । सभापतिको मतपरिणाम आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।
आजको परिणाममा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत नल्याए सोमबार दोस्रो चरणको मतदान हुने निर्वाचन कमिटिले जनाएको छ । कांग्रेसको भावी नेतृत्वको दौडमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।
बिहान पौने नौ बजे वरिष्ठ नेता शेरबहादुर देउवाले पहिलो मतदान गरेपछि मतदान प्रक्रिया शुरु भएको थियो । महाधिवेशनमा ३ हजार १ सय ६१ प्रतिनिधिले ६१ पदका लागि मतदान गर्ने कार्यतालिका थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment