कांग्रेस सभापतिको मतगणना अझै सुरु भएन

२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार भएको मतदानमा चुनावमा ३ हजार १४८ मत खसेको छ ।
१० बजेबाट नै मतगणना सुरु हुने भनिएको थियो । तर, ३० जनाको मताधिकार विवाद मिल्न सकेको छैन ।
तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले मतदान गर्न पाएका छैनन् । पटक पटक लाइनमा बसेपनि मतदान गर्न नपाएको पर्वतका हरि न्यौपानेले अनलाइनखबरलाई बताए ।
उनीहरुले सभापतिका उम्मेदवार रामचन्द्र पौडेललाई भेटेर मतदान गर्न नपाए मतगणना नै हुन नदिने बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment