२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले विधान बाझिएको भन्दै सभापतिबाट मनोनित ३० जना महाधिवेशन प्रतिनिधिलाई तत्काल मतदान गर्न नदिने निर्णय गरेको छ ।
साथै अबको केहीबेरमा मतगणना सुरु हुनेछ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार समितिको बैठकले अब आवश्यक तयारी गरेर मत गणना सुरु गर्ने निर्णय गरेको छ ।
उनका अनुसार सभापतिले मनोनित गरेकाहरु उम्मेदवार बन्ने तथा मतदान गर्नेबारे विधानको व्यवस्था बाझिएको छ । बैठकले यसबारे केन्द्रीय कार्यसमितिलाई लेखेर पठाउने निर्णय गरेको छ ।
१० बजेबाट नै मतगणना सुरु हुने भनिएको थियो । तर, ३० जनाको मताधिकार विवाद मिल्न सकेको थिएन ।
तत्कालीन सभापति सुशील कोइरालाले मनोनित गरेका ३० जनाले मतदान गर्न पाएका छैनन् । पटक पटक लाइनमा बसेपनि मतदान गर्न नपाएको पर्वतका हरि न्यौपानेले अनलाइनखबरलाई बताए ।
आइतबार भएको मतदानमा चुनावमा ३ हजार १४८ मत खसेको छ ।

0 comments:
Post a Comment