सभापति बन्न देउवालाई ११ मत पुगेन, दोस्रो चरणको चुनाव हुने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भएका छन् । तर, ११ भोटले सभापति बन्न भने चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ ।
अब सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन बुहमत ९५० प्लस एक० आवश्यक पर्ने व्यवस्था भएकाले विजयी हुने १ हजार ५७५ मत चाहिन्थ्यो ।
तर, देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएका छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् । १ सय १  मत भने बदर भएको छ ।
अब दोस्रो चरणको चुनावमा सिटौला उम्मेदवार हुने छैनन् । देउवा र पौडेलबीच हुने प्रतिस्पर्धामा ५१ प्रतिशत मत नल्याए पनि जसले बढी मत ल्याउँछ, उही विजेता हुने कांग्रेसको विधानमा व्यवस्था छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment