नायिका रेखा थापाले महाशिवरात्री पर्वको अवसरमा सधै एउटा नै एउटा काम गरेकी हुन्छिन् । २ बर्ष अगाडि तत्कालिन विकास बोर्ड अध्यक्ष धमेन्द्र मरवैत्तासँग गाँजा तान्दै गरेको तस्बिर सार्वजनिक भएपछि रेखा चर्चामा आइन् ।
अब, उनै रेखा थापाले यस बर्ष पनि शिवरात्रीको एक दिन अगाडि नै पशुपति पुगेर दर्शन गरेकी छिन् । यस्तै, भारतबाट आएका जम्बोनाथ र शिवसेना नेपालले पशुपतिमा आयोजना गरेको भोजमा पनि रेखाले उपस्थिती जनाइन् । उनले पशुपति क्षेत्रमा पुगेका भक्तजनहरुलाई आफ्नै हातले भोजन ग्रहण पनि गराएकी थिइन् ।
नायिका थापाले आफू महादेवको भक्त भएकाले सधै नै शिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने गरेको बताइन् । उनले चलचित्र ‘रामप्यारी’को सफलताका लागि पनि कामना गरेको सुनाइन् । यो चलचित्रमा दोहोरो भूमिकामा देखिएकी रेखाले पहेलो बस्त्र लगाएकी छिन् ।
पशुपति क्षेत्रमा पनि रेखा सोही पहेलो बस्त्रमा उपस्थित थिइन् । उनले साधु र बाबाहरुबाट आर्शिवाद पनि लिएकी थिइन् ।
चलचित्रको लागि भाकल समेत गरेकी रेखाले पति पाउँ भनेर वर मागिन् कि मागिनन् होला त ? बिहे गर्छु भन्दै आएकी रेखाले यो कुरा भने खुलाइनन् । रेखाले निर्माण तथा अभिनय गरेको चलचित्र ‘रामप्यारी’ चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

0 comments:
Post a Comment