मिस कलेज आइकन इलामको उपाधि अनन्या सुवेदी, दोस्रो उपाधि अल्का वान्तवा र तेस्रो स्थानको उपाधि श्रीसा राइले हात पारेका छन् । ६७ प्रतिष्पर्धीलाई पछि पार्दै उनीहरुले सो उपाधि आफ्नो पोल्टामा पारेका छन् । उनै तीन उत्कृष्टसँग चियाबारीले गरेको कुराकानीको केही अंश
एयर होस्टेज बन्ने लक्ष्य छ
मिस आइकन तथा मिस ट्यालेन्ट÷मिस पर्सनालिटी
अनन्या सुवेदी
जन्मः २०५६ साल पुष २७ गते
प्रश्नः जीवनमा कति पटक फेल हुनुभयो ?
अनन्याः फेल हुन त म धेरै पटक भएँ तर आश मारिन ।
प्रश्नः कति पटक कक्षा दोहो¥याउनु भयो ?
अनन्याः अँहँ त्यो त परेन
प्रश्नः यो स्थान सम्म आउन कति मेहनत गर्नुभयो ?
अनन्याः धेरै मेहनत गरेँ, जबकी यति मेहनत गरेको थिइन भने यो स्थान पाउन गाहे हुने थियो ।
प्रश्नः मिस आइकनले के दियो ?
अनन्याः यसले मेरो आत्मविश्वास बढायो, मान्छेसँग कुरा गर्ने तरिकामा फरक ल्यायो । भनौ हरेक कुरामा केही न केही दक्षता प्रदान ग¥यो ।
प्रश्नः भविष्यमा के गर्ने लक्ष्य छ ?
अनन्याः मेरो लक्ष्य चाहि एयर होस्टेज बन्ने छ । र यस्ता प्रतियोगितामा पनि भाग लिने र सफल हुँदै आफ्नो ठाउँको नाम राख्ने लक्ष्य लिएकी छु ।
प्रश्नः यो स्थान सम्म आउन सहयोग गर्ने ?
अनन्याः सबैभन्दा बढि त आयोजक, मेरा घर परिवार र शुभचिन्तले नै हो ।
प्रश्नः अन्त्यमा ?
अनन्याः यस्ता प्रतियोगितालाई समाजमा राम्रो रुपमा लिइँदैन तर यस्ता प्रतियोगिता राम्रा हुन्छन् । यस्ता प्रतियोगिताले मानिसको व्यक्तित्व विकास गर्छ । जित्नु वा नजित्नु आफ्नो ठाउँमा छ तर भाग लिनुहोस् । र प्रतियोगितामा सफल बनाउन सबैले सहयोग गर्नुभयो सबैलाई धन्यवाद ।
मेरो नामले गर्दा मेरा बाबाममीलाई पनि चिनायो
मिस आइकन दोश्रो स्थान÷ मिस चामिङ
अल्का वान्तवा
जन्म २०५६ साल वैशाख १३ गते
प्रश्नः कसरी यो स्थान सम्म आउनु भयो ?
अल्काः आफ्नै मेहनतले नै गर्दा हो ।
प्रश्नः भविष्यको लक्ष ?
अल्काः यस्तै प्रतियोगितामा भाग लिने, सहभागिता जनाउने र सके सम्म सफल हुने प्रयास पनि गर्नेछु ।
प्रश्नः अहिले सम्म कति पटक असफल हुनुभयो ?
अल्काः अहिलेसम्म मैले दुईवटा मात्र प्रतियोगितामा भाग लिएकी छु । पहिलोमा ग्रुपिङ थियो । हाम्रै ग्रुपले जित्यो । अहिले यो स्थान हो यसलाई असफल नै भन्न मिल्दैन ।
प्रश्नः यो स्थानमा ल्याउन कस्ले मद्दत ग¥यो ?
अल्काः मेरा घर परिवार, आयोजक र साथीहरुले ।
प्रश्नः के दियो यो प्रतियोगिताले ?
अल्काः मलाई चिनायो । मेरो नामले गर्दा मेरा बाबाममीलाई पनि चिनायो, यहि ठुलो हो ।
प्रश्नः भविष्यमा के गर्ने योजना छ ?
अल्काः भविष्यमा म मोड्लिङ गर्ने लक्ष्य छ र यसैमा जीवन व्यतित गर्नेछु ।
प्रश्नः तपाई जस्तै बन्न चाहनेहरुलाई के भन्नुहुन्छ ?
अल्काः यस्ता प्रतियोगिताहरुलाई राम्रो दृष्टिले हेरिँदैन । तर राम्रो दृष्टिले हेर्न आवश्यक छ । आत्मविश्वास बढाउने हो भने र व्यक्तित्व बढाउने लक्ष्य छ भने यस्ता प्रतियोगितामा भाग लिनुहोस्, अनि मेहनत पनि गर्नुपर्छ ।
प्रश्नः अन्त्यमा ?
अल्काः यस्ता प्रतियोगितालाई राम्रो दृष्टिले हेर्न आवश्यक छ । सकारात्मक सोच राखिदिनुहोस् । आयोजक र मलाई यो स्थानसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु ।
डर हरायो, स्माइल बढायो
मिस आइकन तृतिय स्थान÷मिस फोटोजेनिक श्रीसा राई
जन्मः २०५५ साल भदौ २२ गते
प्रश्नः के गर्नुभयो र अरुभन्दा उत्कृष्ट बन्नुभयो ?
श्रीसाः मैले मेहनत गरेँ, मेहनत त अरुले पनि गरे होला तर अरुभन्दा बढि मैले गरेरै होला ।
प्रश्नः कति पटक असफल बन्नुभयो ?
श्रीसाः यस्तो प्रतियोगिता इलाममा पहिलो पटक भएको हो । पहिलो पटक नै भाग लिएकी हुँ । पहिला लिटिल आइडलको अडिसन भएको थियो भाग लिन खोज्दा बिरामी भएर सहभागिता जनाउन सकिन ।
प्रश्नः के पाउनु भयो यो प्रतियोगिताले ?
श्रीसाः धेरै पाएँ । नकारात्मक कुरा सबै सकारात्मक हुन थाले । डर हरायो, स्माइल बढायो । आत्मविश्वास बढायो र जीवन कसरी चलाउने भन्नेबारे ज्ञान बढाएको छ ।
प्रश्नः भविष्यमा के गर्ने लक्ष्य छ ?
श्रीसाः यस्तै प्रतियोगितामा इन्ट्रेस्ट थियो । यस्तै प्रतियोगितामा भाग लिन कन्टिन्यू गर्ने लक्ष्य छ ।
प्रश्नः कस्ले गर्दा यो स्थानसम्म आइपुग्नु भयो ?
श्रीसाः आयोजकले अवसर दिनुभयो । वहाँहरु पहिलो र घरपरिवार साथै श्रीसा भनेर चिन्ने सबैले । आयोजकले यो प्रतियोगिता गर्नुभएको थिएन भने यो स्थानमा म हुने थिइन ।
प्रश्नः अन्त्यमा ?
श्रीसाः यस्ता प्रतियोगितालाई धेरैले राम्रो दृष्टिले हेर्ने गरेको पाइँदैन । सोच बदल्नुहोस् र आफ्ना नानीहरुलाई पनि यस्ता प्रतियोगितामा सहभागिता जनाउने अवसर दिनुहोस । धन्यवाद ।



0 comments:
Post a Comment