चुरे क्षेत्रमा खानेपानीको समस्या जटिल बन्दै

इलाम, ९ वैशाखः यहाँका दक्षिणी चुरे क्षेत्रका गाउ“ विकास समितिहरूमा हिउँदयामसँगै खानेपानी समस्या सुरू भएको छ । चर्को घाम र खडेरीका कारण दिनप्रतिदिन खानेपानीका मुहान सुक्न थालेपछि समस्या बढ्दै गएको हो ।
यस क्षेत्रका विद्यार्थीहरू विद्यालयमा तिर्खा लाग्दा पिउनका लागि घरैबाट बोतलमा पानी ल्याउने गर्छन् भने कोही नजिकका गाउ“ पसेर पानी मागेर पिउने गर्छन् । चुरे क्षेत्रका विद्यालयमा खानेपानी अभाव हु“दा तिर्खा लाग्दा पिउने र विद्यालय सरसफाईमा समस्या हुने गरेको विद्यालयका शिक्षक बताउ“छन् । विद्यालय परिसरमा खानेपानी नभएकै कारण दानावारीको कन्काई उच्च मावि, दिपज्योति प्रावि, महमाईको विरेन्द्र निमाविलगायतका विद्यालयका विद्यार्थीहरू घरैबाट बोतलमा खानेपानी बोकेर विद्यालय जान बाध्य भएका छन् । विद्यालयले गाउ“बाट खोजेर एक गाग्रो पानी ल्याए पनि गर्मीको यो बेला अपुग हुने गरेको विद्यालयले जनाएको छ ।
कन्काई उच्च माविका शिक्षक खेमराज लिम्वू विद्यालय छुट्टिका बेला विद्यार्थी पानी खान नजिकको गाउ“ जाने गरेकाले पढाईमा समेत समस्या हुने गरेको बताउनुहुन्छ । उहा“ले भन्नुभयो ‘पानी खान गएका विद्यार्थी कक्षामा ढिलो गरेर आउने गरेकाले पुनः कक्षा सञ्चालन गर्न विद्यार्थी पर्खनुपर्छ ।’
अत्याधिक वन फ“डानी र खानेपानीको मुहान संरक्षण नहु“दा चुरे क्षेत्रका पानीका मुहानहरू सुक्दै जान थालेपछि पानीको अभाव बढ्न थालेको हो । चुरे क्षेत्रमापर्ने चुलाचुली, दानाबारी, महमाई, साकफारा, बा“झो गाविसमा अहिले खानेपानी पानीको अभाव देखिन थालेको स्थानीय बताउ“छन् । दानाबारीको २, ३, ४, ५ र ७ नम्बर वडालाई समेट्ने गरी झण्डै दुई दशकअघि एडिबीको सहयोगमा रू एक करोड ६७ लाख लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजना अन्तर्गत निर्माण भएका चार सय २२ धारामध्ये अहिले ८÷१० वटा मात्र धारामा मुस्किलले पानी झर्ने गरेको छ । उक्त आयोजनाको प्रायः सबै धाराहरू भत्किएर गएका छन् भने बा“कीमा दानाबारी शितलु क्षेत्रका स्थानीयले मर्मत गरी जेनतेन पानी उपभोग गर्दै आएका छन् ।
दानाबारीको–३ को गङ्गटे, ९ को माझीटार र महमाईको कलकते चुलीका बासिन्दा अहिले पानीको बढी समस्यामा छन् । खोला छेउका बासिन्दाले खोला किनारमा खाल्डो खन्ने र ट्युवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको बताउ“दै दानाबारी–३ का सूर्य सुब्बा भन्नुहुन्छ ‘पहिले खोला किनारका गाउ“मा १० फिट जति खन्दा पानी निस्कन्थ्यो तर, अहिले २५÷३० फिट खन्नुपर्छ ।’
चुलाचुली ६, ७ र ८ का बासिन्दा समेत खानेपानीको अभाव खेपिरहेका छन् । भएका खानेपानीका मुहान र कुवा समेत दिनप्रतिदिन सुक्दै गएकाले समस्या जटिल बन्दै गएको हो । खानेपानी लिन घण्टौं धाउनुपर्ने र पालो कुर्नुपर्ने चुलाचुली–७ आइतबारेकी नरमाया बुढाथोकीले भन्नुभयो । गाईवस्तुलाई पानी खुवाउन पनि उत्तिकै समस्या रहेको छ ।
महमाईको १, २ र ३ नम्बर वडालाई लक्षित गरी सुनगाभा विकास संस्था इलामले खानेपानी आयोजना सम्पन्न गरेपनि हिउँदयाममा खानेपानीका मुहान सुकेकाले समस्या भएको महमाई–१ का धनवीर योङहाङले बताउनुभयो । ‘बर्खामा त दुःख सुख पानी खाइन्छ तर हिउँद लाग्ने बित्तिकै मुहान सुक्दै गएपछि समस्या जटिल बन्दै जान्छ, योङहाङले भन्नुभयो ‘यतिबेला दुई÷चार महिना यहाँ खानेपानीको ठूलै समस्या पर्छ ।’
पुराना खानेपानी आयोजनाका मुहान सुकेपछि धारामा पानी राम्ररी पानी आउन छोडेको महमाईका सन्तराम योङहाङले बताउनुभयो । गाउ“ छेउका मुहान सुक्दै गएका कारण अधिकांशले खोलाको पानी उपभोग गर्ने गरेका छन् । मुहान सुक्न थालेपछि चुरे क्षेत्रका बासिन्दालाई खानेपानीको समस्या वर्षेनी चर्को बन्दै गएको हो । बस्ती नजिकका मुहान सुकेको र टाढाका मुहानबाट पानी ल्याउन नसकिएकाले यहा“का बासिन्दालाई खाना पकाउन, सरसफाइ गर्न र वस्तुभाउलाई पानी दिन कठिनाई हुन थालेको सुव्वाले बताउनुभयो । महमाईको लोसे भन्ने गाउँमा गाईवस्तुलाई पानी खुवाउन केराको दाम्चा पेल्ने गरिएको छ ।
वर्षेनी वनजङ्गल मासिदै गएकाले पानीका मुहान सुक्दै गएको सर्वसाधरणको ठहर छ । यस क्षेत्रका बासिन्दामा चुरे क्षेत्रका वन मासिएकै कारण खानेपानीका श्रोत घटेको थाहा भएपनि वन विनाश रोक्न कुनै पहल भएको देखिंदैन् । सामुदायिक वन दिनप्रतिदिन विनास हुने क्रमले पनि खानेपानीको अभाव वर्षैपिच्छे बढ्दै गएको स्थानीयको भनाई छ । चुरे क्षेत्रमा पानीका श्रोत जोगाउन सहयोग पु¥याई रहेका रूख विरूवा चोरी तस्करीका रूपमा काटिने गरिएको पाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment