कलेज कप चेसको उपाधि आदर्शका मनोजलाई

इलाम, ९ वैशाखः म.र.ब. क्याम्पसमा सम्पन्न भएको कलेज कप चेस प्रतियोगिता २०७३ को उपाधि आदर्श उ.मा.वि.मा अध्ययारत एकतप्पाका मनोज बुढाथोकीले हात पारेका छन् ।  जिल्ला बुद्धिचाल संघ इलामले आयोजना गरेका प्रतियोगितामा म.र.ब क्याम्पस इलाम, मोर्डन क्याम्पस इलाम, आदर्श नमुना उच्च मा.वि. इलाम र गोर्खे उ.मा.वि.मा अध्ययनरत ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।  प्रतियोगितामा मोर्डन क्याम्पसका विशाल घिमिरे द्धितिय, म.र.ब क्याम्पसका प्रदिप घिमिरे तृतिय र म.र.ब. क्याम्पसकै सुमन लिम्बु सान्तावना भएका थिए । विजेताहरुलाई ट्रफी, मेडल, स्टेसनरी सामानहरु र प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा सविना श्रेष्ठ, कवित श्रेष्ठ, मनोज बुढाथोकी, अभिशेक श्रेष्ठ, सोवित संकर, सुवास गुरागाई, स्काई पोख्रेल, राजपल गुरुङ, सरोज रेग्मी, मनिसा शेर्मा, राजेश कटुवाल, चित्रहाङ राई, एकराज दुलाल, तिर्थ पोख्रेल, विशाल घिमिरे, अर्जुन चेम्जोङ, सुमन चेम्जोङ, विकास राई, माधव पोख्रेल, हेमन्त पौडेल, कविता राई, मनिसा लिम्बु, अर्जून लिम्बु, प्रदिप मुखिया , प्रबेश बम्जन, प्रबेश श्रेष्ठ, सुजन अधिकारी, भिम लिम्बु, आशिस राई, कमल वली, दिपेन राई, अभीशेक प्रधान, सुमन लिम्बु र समिर मगरको सहभातिा रहेको थियो । कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष जितवहादुर राईको प्रमुख आतिथ्यता, बुद्धिचाल संघ अध्यक्ष यामप्रसाद लिम्बुको अध्यक्षतामा साथै चेसका सल्लाहकार सुरेन राई, आरविटर बलिन्द लिम्बु, संघ इलाम सदस्य खड्क सुब्बा, नेविसंघ म.र.ब. प्रतिनिधि वविन राई, अखिल (क्रान्तिकारी)म.र.ब. संयोजक लिला पौडेल, समाजवादी विद्यार्थी फोरम म.र.ब अध्यक्ष रामकुमार लिङदम, अखिल –क्रान्तिकारी) म.र.ब. क्याम्पस इन्चार्ज शन्धिभक्त शंकर लगायतको उपस्थित रहेको थियो । इलामका जेठ २० बाट राष्ट्रिय खेम समेत हुदैछ भने २ पटक अन्तराष्ट्रिय प्रतियोगिता, २०७२ सालमा २१ पटक एक दिवशीय प्रतियोगिता लगायत धेरै प्रतियोगिता समेत भइसकेको छ । इलाममा चेसमा युवाहरुको उल्लेखीय सहभागिता रहदै आएको छ । बुद्धिचाल विकास र विस्तारमा दिगो विकासको लागि समाजका सचेत वर्ग युवा विदार्थी विशेष रुपमा लाग्नु पर्नेमा प्रमुख अतिथिले जोड दिएका थिए । कार्यक्रमको संचालन संघका सचिव प्रकाश परियारले गरेका थिए भने विजेताहरुले यो विजयले खेल विकासमा लाग्न थप हौसला र उर्जा मिलेको प्रतिक्रिया राखेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment