नवयुगको गोलमा आर्मी फाईनलमा


इलाम, ९ बैशाखः मनकामना केबलकार पोखरा कप फुटबलको उपाधिका लागि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र विभागीय टिम आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो सेमिफाईनलमा आज धरान फुटबल क्लबलाई पराजित गर्दै आर्मीले मनाङसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
पोखरा रंगशालामा नवयुग श्रेष्ठको एक मात्र गोलको सहयोगमा आर्मीले धरानलाई १–० ले पराजित गर्‍यो । खेलको पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको पांचौ मिनेटमा नवयुगले आर्मीका लागि गोल गरेका थिए । मनाङ भने एपीएफलाई पराजित गर्दै यसअघिनै फाईनल प्रवेश गरिसकेको छ । फाईनल खेल पर्सी शनिबार हुनेछ ।
१२ टोली सहभागी प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार र उपविजेताले २ लाख ५५ हजार रुपैया प्राप्त गर्नेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment