बैशाख ४, कीर्तिपुरः आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको पहिलो जित दर्ता गरेको छ । यसअघिका चार खेल गुमाएको नेपालले आज नामिबियालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७ ओभर १ वलमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा शरद भेषावकर र बिनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गरे ।
छैठौं विकेटका लागि दुवैले नटआउट ८४ रनको साझेदारी गरे । भेषावकरले ५० र भण्डारीले ४० रन जोडे । सातौं ब्याट्सम्यानका रुपमा क्रिजमा आएका भण्डारीले ४९ वलको सामना गर्दै तीन छक्का र एक चौका प्रहार गरे । यस्तै भेषावकरले ९९ वलको सामना गर्दै दुई चौकाको मद्दतमा अर्धसतक पुरा गरे ।
कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, नरेश बुढाऐर, राजु रिजाल र राजेश पुलामी मगर चल्न नसकेपछि नेपाली ईनिङस् धरमराएको थियो । भेषावकरले सम्हालिएको प्रदर्शन गर्दै नेपालको आशा कायमै राखेका थिए । ओपनर ज्ञानेन्द्र मल्ल २१ र नरेश बुढाऐर १६ रनमा आउट भए । यस्तै कप्तान पारस खड्का २१, राजेश पुलामी ९ र राजु रिजाल ६ रन जोडे । पहिलो विकेटका लागि मल्ल र बुढाऐरले ४२ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए । यस्तै कप्तान खड्का र भेषावकरले तेस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । बसन्त रेग्मी र सोमपाल कामीले समान ३ विकेट लिएपछि नामिबिया मध्यम स्कोरमा समेटिएको हो । कप्तान पारस खड्का र सन्दिप लामिछानेले एक एक विकेट लिए । राष्ट्रिय टोलीमा डेब्यु गरेका लामिछानेले आफ्नो स्पेलमा २ मेडन राख्दै ३७ रन खर्चेर एक विकेट लिए । ८ ओभर बलिङ गरेका कामिले १ मेडन राख्दै ४८ रन खर्चेर महत्वपुर्ण ३ विकेट लिए । बसन्त रेग्मीले १ मेडन राख्दै ४० रन खर्चेर ३ विकेट हात पारे । पारसले १० ओभरमा ३ ओभर मेडन ३४ रन खर्चेर १ विकेट लिए । सरेल बुर्गेरले सर्वाधिक ३८ रन बनाए ।
आजको जितसँगै नेपाल ५ खेलबाट २ अंक जोड्दै तालिकाको छैठौं स्थानमा उक्लिएको छ । समान खेल खेल्दै समान २ अंक जोडेको नामिबिया भने सातौं स्थानमा कायमै छ । नेपालले यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनि बिरुद्धका खेल गुमाएको थियो । नेपाल र नामिबिया बीच आगामी सोमबार त्रिबि मैदानमा दोश्रो खेल हुनेछ ।
च्याम्पियनसीपको शीर्ष चार स्थानमा रहन नेपाललाई नामिबियाबिरुद्धका दुबै खेल महत्बपुर्ण छन् । आठ टोली सहभागी प्रतियोगीताका शिर्ष चार टोलीले सन् २०१८ को बिश्वकप छनौट खेल्न पाउनेछन् ।

0 comments:
Post a Comment