च्याउ खाँदा चुलाचुलीमा एकै परिवारका पाँच बिरामी

इलाम, २४ चैत । विषालु च्याउ खाँदा आज इलामको चुलाचुली–५  एकै परिवारका पाँच जना बिरामी परेका छन् ।
रूखको ठुटामा फलेको च्याउ खाँदा २८ वर्षीय श्याम ठटाल, ११ वर्षीय समीर ठटाल, २५ वर्षीया सलिना ठटाल, २४ वर्षीय रोहित ठटाल र पाँच वर्षीया समीक्षा ठटाल बिरामी परेका हुन् ।
उनीहरूमध्ये श्याम र समीरको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरूको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूले आज बिहान घरनजिकै रहेको रूखको ठुटामा पलाएको च्याउ तरकारीका रूपमा पकाएर खाएका थिए । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment