सवारी दुर्घटनामा सात घाइते

इलाम, २५ चैत्र : मेची राजमार्गको गोदक ४ मा आज दिउशो मे १च ३०५८ नम्वरको पकिअप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट इलाम तर्फ हिँडेको पिकअप दुर्टटनामा परि दुई जनाको स्थिती गम्भिर छ भने अन्य पाँच जनाको स्थिती सामान्य रहेको जनाइएको छ । गम्भिर घाइते हुने चारआली झापाका भुपेन्द्र राजबंशी र विर्तावजार झापाका अर्जुन माझीको झापाको विर्तामोड स्थित बिएनसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घाइते सबै झपाका रहेका छन् । सामान्य घाइते अनारमनी ९ का गोविन माझी, राजगडका भिम राजबंशी, विर्ता बजारका मुन्ना शाह, अनारमनीका साजन साहनी र विर्तावजारकै जेमिद राजबंशीको पनि झापाकै बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । पिकअपमा जम्मा १० जना सवार थिए ।
दुर्घटना पछि गाडी र  चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । इलाम प्रहरीका अनुसार के भएर दुर्घटना भएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment