इलाम २५ चैत्र: कक्षा छाड्ने तथा विद्यालय वाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा अध्यनको वातावरण निर्माण गर्ने उदेश्यले अनेरास्ववियु मेची अञ्चल कमिटीले विद्यालय भर्ना अभियान सुरु गरेको छ । आज इलाम सदरमुकामा अनेरास्ववियु मेची अञ्चल कमिटीको आयोजना तथा जिल्ला कमिटी इलामको ब्यवस्थापनमा भएको कार्यक्रममा राजनैतिक दल, विद्यार्थी संगठन र विभिन्न संघ संस्था र शिक्षा क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरुले शिक्षा क्षेत्रका बित्रिति विसंगती अन्त्य गर्दै बिद्यालय उमेर समूहका वालबालिकालाई भर्ना अभियानमा समेट्नु पर्नेमा जोड दिएका थिए ।
‘विद्यालय भर्ना अभियान मेची २०७३’ विषयक अन्तरक्रिया इलामबाट शुरु गरिएको हो । क्रमश पाँचथर र ताप्लेजुङ हुँदै चैत्र ३० गते झापामा पनि सरोकारवाला निकायहरुसँग छलफल गरिने कार्यक्रम तय गरिएको अनेरास्ववियु इलाम अध्यक्ष रविन्द्र सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला शिक्षा इलामका निर्मलप्रसाद ढुङ्गेलले समग्र इलामको शैक्षिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अनेरास्ववियू केन्द्रिय कार्य समिति कोषाध्यक्ष तुलसी मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानको आौचित्यमाथी अभियानका सहसंयोजक तथा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य डम्बर अधिकारीले प्रकाश पार्नुभएको थियो ।

0 comments:
Post a Comment