रेडक्रस महाधिवेशन सम्पन्न

हेटौँडा, २५ चैत । नेपाल रेडक्रस सोसाइटीको ४५औँ महाधिवेशन आज हेटौँडामा सम्पन्न भएको छ । 
अधिवेशनका क्रममा वार्षिक मूल्याङ्कनको आधारमा राष्ट्रियस्तरमा मानवीय सेवा पु¥याउनेमध्ये कास्की, बाँके र पर्सा रेडक्रस शाखाहरु क्रमशः पहिलो, दोस्रो र तेस्रो घोषणा भए । ती जिल्ला शाखाहरुले नगद रु २० हजार, १० हजार र पाँच हजार तथा शिल्ड र प्रमाणपत्र पाएका छन् । 
महाधिवेशनले रेडक्रसको कानुनी अवस्था सुदृढ बनाउने, भूकम्प प्रतिकार्यका गतिविधि विस्तार गर्ने, रक्तसञ्चार सेवा विस्तार र नयाँ शिक्षा नीतिअनुसार जुनियर तथा युवा रेडक्रस सर्कलको सङ्गठनलाई अनुकूलित गर्ने निर्णय गरेको छ । 
विपद्मा अन्तर जिल्ला सहयोगको उपयुक्त संरचना र अभिलेख तयार गर्ने र रणनीतिक महत्वका स्थानमा उपक्षेत्रीय गोदामघर बनाउन पहल गरिनेछ । रक्तसञ्चार सेवा स्वर्णमहोत्सव सफल बनाउन प्रचारमूलक र उत्प्रेरणात्मक गतिविधि सञ्चालन हुने महामन्त्री देवरत्न धाख्वाले जानकारी दिनुभयो । 
महाधिवेशनले आव २०७३÷७४ का लागि साधारणतर्फ रु ४४ करोड ३८ लाख र विकासतर्फ रु दुई अर्ब ८५ करोड ४५ लाख गरी जम्मा रु तीन अर्ब २९ करोड ८३ लाखको बजेट पारित गरेको छ । महाधिवेशनमा देशका ७३ जिल्लाका २६० बढी प्रतिनिधि सहभागी थिए । रासस


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment