सुरुङ्गा (झापा), २५ चैत । मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल आर्मी झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
आज बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा भएको अन्तिम सेमिफाइनलमा मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै नेपाल आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले उपाधिका लागि झापा ११ सँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
खेल सुरु भएको ११ मिनेटमा अमित गुरुङले फ्रि किकमार्फत गरेको गोल नै आर्मीको जितमा निर्णायक गोल बन्यो ।
मोफसलकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले रु छ लाख र उपविजेताले रु तीन लाखसहित ट्रफ्री र प्रमाणपत्र हात पार्नेछन् ।
यसअघि झापा ११ ले थ्रीस्टारलाई ट्राइवेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै बुधबार फाइनलमा प्रवेश गरेको थियो । रासस

0 comments:
Post a Comment