झरना थापा अन्तुमा

इलामः अन्तुु डाँडा होमस्टे परिवारको सहकार्यमा अन्तु कटेज, श्रीअन्तुु २, इलामले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाली चलचित्रका प्रसिद्ध नायिका झरना थापालाई अन्तुको पर्यटन प्रवद्र्धनका लागि सदभावना दुुतका लागि प्रस्ताव गरिएको थियो । उहाँले सहर्स स्वीकार गरी अन्तुको पर्यटन प्रवद्र्धनका लागि सक्दो मद्दत गर्ने प्रतिवद्धता प्रकट गर्नु भयो । साथै उहाँको होम प्रोडक्सनमा आफैले निर्देशन गर्ने चलचित्रको छायांकनका लागि पुनः अन्तु आउने बाचा गर्नुभयो । कार्यक्रममा होमस्टे परिवारको तर्फबाट श्री धनकुमार आलेले स्वागत तथा मायाको चिनो हस्तान्तर गर्नुु भएको थियो भने अन्तु कटेजको तर्फबाट सञ्चचालकहरु मध्ये बाट श्री कमल कुमार घिमिरे, धरणी घिमिरे र कुमार श्रेष्ठको तर्फबाट कदर पत्र तथा मायाको चिनो प्रदान गरियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment