पाँचथरको रवीमा युवकको हत्या

पाँचथरः आरुबोटेबाट सांस्कृतिक कार्यक्रम हरेर फर्कने क्रममा गए राति एक युवकको हत्या भएको   छ ।
पाँचथर रवी–२ लिलियाखोलाको बाटोमा रवी–१ का सुखवीर राईको हत्या गरी फालेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
ओलने–९ घर भई रवी–१ स्थित आफन्तको घरमा बस्दै आएका ‘देउके’ भन्ने अनिल राईले सुखवीरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाले अभियुक्तको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
सुखवीरको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवीमा लगिएको छ ।
यसैबीच, पाँचथरको दक्षिणी गाविस याशोक–५ स्थित शेरजम्बा सामुदायिक जङ्गलमा भर्रखर जन्मेको शिशुको शव फेला परेको छ । शुक्रबार साँझ जङ्गलमा शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
केहि दिनअघि नै मारेर जङ्गलमा फालेको अवस्थामा शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको भन्दै यासोक–५ का दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment