काठमाडौँ, २२ चैत । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छापा मारी मुद्धा मिलाइदिन्छु भन्दै नक्कली प्रहरी बनी ठगी गर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
कलङ्की, बानेश्वर, सामाखुसी, ठमेललगायतका स्थानमा मदिरा, खाद्य पसलमा प्रहरी बनी छापा मार्ने अनि मुद्धा मिलाइदिन्छु भन्दै रकम असुल गर्ने गुल्मी गुवादी–८ का दीपक भन्ने टोपबहादुर कुँवर, काभ्रे, चौंरी–३ का गोविन्द चौलागार्इं, प्यूठान, बिजुली–९ का निमबहादुर कुँवर र मोरङ, विराटनगर–६ का सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूका साथबाट १४ थान ब्याक लेभल मदिरा तथा भारतीय रुपैयाँ १६ हजार ५०० र नेपाली रुपैयाँ ६० हजारसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले छापा मारेका पसलका साहुलाई बारम्बार फोन गरी मुद्धा मिलाइदिन्छु भन्दै थप रकम माग्ने गरेकोसमेत पत्ता लागेको छ ।
0 comments:
Post a Comment