कुखुरा इलाममा कुखुराको मासु किलोको १ हजार


इलाम, २ साउनः बिहीबार या आइतबार, हाटको दिन बेलैमा पशुहाटमा पुगियो भने कुखुराको भाले जिउदो प्रतिकिलो ५ सय पचासले पाइन्छ । अलि भरे पशुपक्षी बजार पुगियो भने किलो को ६ सय हाल्नैपर्ने हुन्छ । बिहानको १२ बजेतिर मात्र पशुपक्षी बजार पुगियो भने लोकल कुखुराको भाले प्राय भेटिदैन । भेटिहालियो भने भने प्रतिकिलो ६ सय पचास । घरमा कुखुरा पल्ने व्यवस्था नभएका वा काटेर खाने व्यवस्था नभएकाहरुले लोकल भाले कुखुरा काटेकै पाउने ठाउँको खोजीमा मात्र हुन्छ । इलामको टुडिखेलमा रहेको कुसाङ फ्रेस हाउसमा मात्र लोकल कुखुरा पाईन्छ, प्रतिकिलो १ हजार रुपैयाँमा । सो फ्रेस हाउसबाट दैनिक ६÷७ किलो लोकल कुखुरा बिक्री हुन्छ । पहिले भानुपथमा रहेको सो फ्रेस हाउस भर्खरै टुडिखेल गोलाईभन्दा केही पर सरेको छ  । ‘सरेपनि आफ्ना ग्राहक कुखुरा खोज्दै आउँछन्,’ फ्रेस हाउसका सञ्चालक कुमार लिम्बुले भने । उनले हजार रुपैयाँ प्रतिकिलो नबेचे फाइदा नहुने बताए । इलाम सदरमुकाममा मात्र बोइलर कुखुराको फ्रेस हाउस ५० वटा भएपनि एक ठाउँमा मात्र पाउनुको कारण जिउदो कुखुराको मुल्य धान्न नसक्नु र काटेको कुखुराको मुल्य महङ्गो भएको ग्राहकले प्रतिक्रिया दिनुनै प्रमुख कारण भएको लिम्बु बताउँछन् । उनी नियमित पाँचथरबाट लोकल कुखुरा निर्यात गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment