इलाम, २ साउनः देशका आम युवाहरुलाई अनिवार्य सैन्य तालिम दिनुपर्ने विषय बेलाबखत बहसमा आउँछ । तर धेरैलाई थाहा छैन, नेपाली सेनाले हरेक वर्ष निश्चित संख्यामा विद्यार्थीहरुलाई सैन्य तालिम दिँदै आएको छ । परिआएको बेला राष्ट्रका निम्ति योगदान गर्न सक्ने कर्मठ, इमान्दार र राष्ट्रभक्तिले ओतप्रोत जनशक्ति उत्पादनको लक्ष्य लिएर २०२२ सालदेखि यस्तो तालिम सञ्चालन हुन थालेको हो । तालिम दिन गठन गरिएको सेनाको विभाग हो, राष्ट्रिय सेवा दल । राष्ट्रिय सेवा दल र कालिध्वज गण इलामले आदर्श उच्च मावि इलाममा सो तालिम आइतबारबाट शुरु गरेको छ । बिद्यमान यूवा विकास कार्यक्रमलाई प्रगतिशिल रुपमा फैलाउदै देशभरका माध्यमिक तथा उच्च माध्यमिक तहका बिद्यार्थीहरुलाई प्रासंगिक एवं सान्दर्भिक तालिम प्रदान गराई उनीहरुमा अनूभव र क्षमताको अभिबृद्धि गराउनूको साथै राष्ट्रप्रतिको उपयोगितालाई बढाउदै लैजाने उदेश्यका साथ आदर्श उच्च मावि इलाममा राष्ट्रिय सेवा दलकोकोर्ष लागु गरिएको हो ।
मूलूकको माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरुका छात्रछात्राहरुलाई अनूशासन, नेतृत्व विकास, वफादारिता र राष्ट्रिय एकता सम्बन्धि ज्ञान दिलाई मूलूकमा प्राकृतिक प्रकोपको अवस्थामा परिचालन हून स्वयंसेवक यूवा दस्ता तयार गर्न र राष्ट्र सेवाको लागि विभिन्न निकायमा जिम्मेवार रुपले कार्य गर्न सक्ने सक्षम नागरिक बनाउनको लागि उक्त तालिमको सुरुवात गरिएको कालिध्वज गणका गणपति प्रकाश न्यौपाने बताए ।
उक्त तालिममा जूनियर डिभिजन तर्फका र ३६ पुरुष र ३६ महिला गरि ७२ जना क्याडेट छात्रछात्राहरुको सहभागिता रहेको छ । कक्षा ८ र ९ का विद्यार्थीहरुलाई सहभागी गराई सो तालिमको प्रथम प्रबचन आइतबार शुरु गरिएको हो । विद्यालयका एनसीसी सम्पर्क शिक्षक जीवन सुवेदीका अनुसार १ सय दिन अवधिको उक्त तालिम अन्र्तगत विशेष स्थान विशेषमा ७९ दिन र बार्षिक सामूहिक क्याम्प २१ दिन तालिम सञ्चालन गरिने भएको छ । तालिमको ७९ दिन इलामका विभिन्न स्थानमा तालिम सञ्चालन हुने र २१ दिन मोरङको याङशिलामा सामुहिक तालिमको आयोजना गरिने कालिध्वज गणका गणपति प्रकाश न्यौपानेले बताए । स्थान विशेषमा संचालन हूने ७९ दिनको संस्थागत तालिममा शारीरिक व्यायाम, मास पि.टी., तेक्वाण्डो पि.टी., बक्सिङ, खाली हात ड्रिल, खूकूरी ड्रिल, सेरोमोनियल ड्रिल, सैनिक कला, फिल्ड क्राफ्ट, ब्याटल क्राफ्ट, कम्पास जि.पि.एस., साहसिक तालिमहरु सञ्चालन गरिने छन् ।
उक्त तालिम अन्र्तगत मोरङको याङशिलामा २१ दिनको संचालन हुने क्याम्पमा अतिथि भाषणकला, नेतृत्व बिकास, व्यक्तित्व बिकास, स्वप्रबर्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलिबेटी बेचबिखन तथा लागू पदार्थ दुब्र्यशन र महिला तथा बाल अधिकार र संरक्षण सम्वन्धि तालिम दिइने आदर्श उच्च माविका एनसिसी सम्पर्क शिक्षक जीवन सुवेदीले बताए ।
त्यसैगरी क्याम्पकै अवसरमा विपद् व्यवस्थापन तथा उद्धार, प्रकृति तथा वातावरण संरक्षण, निकूञ्ज, आरक्ष र संरक्षित क्षेत्र, खानेपानी तथा सरसफाईको साथै सूरक्षा अङ्गहरु सम्बन्धि जानकारी, संयूक्त राष्ट्र संघमा नेपाली सेनाको भूमिका, ब्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचार, साँस्कृतिक कार्यक्रम, सैनिक कला अभ्यास, शारीरिक तालिम अभ्यास, विपद् व्यवस्थापन तथा उद्धार, प्राथमिक उपचार अभ्यास र दीक्षान्त कवाज सम्वन्धी जानकारी एवं तलिम दिईने बिद्यालयले जनाएको छ ।
उक्त तालिममा क्याडेट रुपमा छनौट भएका छात्रछात्राहरुलाई बार्षिक सामूहिक क्याम्पमा जांदा तथा फर्कदाको दैनिक भ्रमण भत्ताको साथै दैनिक भत्ता, बार्षिक सामूहिक क्याम्पमा जान तथा फर्कन बसको व्यवस्था, युवा एक्चेन्स कार्यक्रमको लागी छनौट भएका क्याडेट छात्रछात्राहरुलाई स्थान बिशेषबाट काठमाण्डौसम्म जान बस भाडाको साथै बिदेश जाने क्याडेटलाई जहाज टिकटको समेत व्यवस्था भएको विद्यालयले जनाएको छ ।
बिद्यालयका अनुसार स्थान बिशेषमा संचालन हूने संस्थागत तालिम अन्र्तगत ७९ दिनको लागि दैनिक १ सय ग्राम जेरी र ५ सय मिलि. लिटर दूधको साथै बार्षिक सामूहिक क्याम्प २१ दिन अवधिको लागि ब्रेक फास्ट, लञ्च, टिफिन र डिनर उपलव्ध गराउने छ । यसको साथै बार्षिक सामूहिक क्याम्प अवधिभर डाक्टर सहितको मेडिकल सूविधा रहने समेत जनाईएको छ ।
क्याडेटलाई पोशाक र बन्दोवस्ती सूविधा समेत उपलव्ध गराईने बताइएको छ । जस अनुसार कवाजी पोशाक, डांग्र, क्यामोफ्लाईज चूस्ता, सेरोमोनियल पोशाक उपलब्ध गराईने छ । क्याटेट छात्रछात्राहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्न तथा दूई देशका क्याडेटहरु विच भाईचारापन, भातृत्व विकास गर्ने उ२ेश्यले एक अर्काे देशको ऐतिहासिक, सास्कृतिक, धार्मिक, सामाजिक, आर्थिक जस्ता बिषयहरुमा जानकारी लिने उद्देश्यले एक देशका क्याडेट छात्रटात्राहरुलाई अर्काे देशमा लैजाने कार्यक्रम समेत रहेको छ । उक्त कार्यक्रमलाई लाई यूवा आदान प्रदान कार्यक्रम भनिन्छ ।
नेपालमा महाशिवरात्री तथा सेना दिवस, भारतमा गणतन्त्र दिवस र वंगलादेशमा राष्ट्रिय सफलता दिवसको अवसरमा राष्ट्रिय सेवा दलको तालिममा उत्कृष्ट क्याडेट छनोट गरि भारतमा १० जना र श्रीलंकामा ६ जना क्याडेटलाई यूवा आदान प्रदान कार्यक्रममा सहभागी गराउंदै आईरहेको छ । आगामी आ.ब.बाट सहभागी गराउने क्याडेट संख्यामा बृद्धि गरी बंगलादेश लगायत सिंगापूर, मलेसियामा समेत सहभागी गराउने योजना रहेको राष्ट्रिय सेवा दलले प्रकाशन गरेको सन्देशमा उललेख छ ।
के हो राष्ट्रिय सेवा दल ?
राष्ट्रिय सेवा दल ल्बतष्यलब िऋबमभत ऋयचउक ल्ऋऋ को अवधारणाको प्रारम्भ सन् १८५६ ताका क्रिमियम यूद्धबाट फर्केका वेलायती सेनाहरुले राष्ट्रका यूवाहरुमा अनूशासन तथा नेतृत्वको भावना वृद्धि गर्ने उद्देश्यले ल्बखब िीबमक द्यचष्नबमभ को स्थापना गरे पश्चात भएको थियो । उक्त ल्बखब िीबमक द्यचष्नबमभ क्रमिक रुपमा विकास भई सन् १९१४ मा पूर्ण रुपमा सेवा दलमा रुपान्तरित भयो र अन्य राष्ट्रहरुले पनि यो अवधारणाको अवलम्वन गर्ने गरेको पाईन्छ ।
राष्ट्रिय सेवा दलको परिचय
१. नेपालको सन्दर्भमा यूवा जनशक्तिको महत्व तथा आवश्यकतालाई मनन् गरी यूवा वर्गलाई संगठित गर्दै सही मार्गमा डो¥याई राष्ट्र विकासमा योगदान दिने अवधारणा अनूरुप वि.सं. २०२२ साल कार्तिक ७ गते राष्ट्रिय सेवा दलको स्थापना भयो ।
२. वि.सं. २०२४ साल फाल्गूण ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तत्कालीन राजा महेन्द्रबाट राष्ट्रिय सेवा दलले आफ्नो झण्डा प्राप्त ग¥यो । सोही फाल्गूण ७ गतेको दिनमा हरेक बर्ष रा.से.द.ले आफ्नो बार्षिक समारोह मनाउने कार्य गर्दै आईरहेको छ ।
३. स्थापना कालदेखी वि.संं. २०३० सालसम्म सिनियर डिभिजन अन्र्तगत छात्रछात्राहरुलाई तालिम संचालन गरेकोमा नयाँ शिक्षा योजना लागू भए पश्चात वि.सं. २०३१ सालबाट वि.सं. २०७० सालसम्म सिनियर डिभिजन तालिम अन्त्य गरी जूनियर डिभिजन तालिम मात्र संचालन भएको ।
४. रा.से.द.को तालिम मार्फत अनूशासित, वफादार र नेतृत्व दिन सक्ने देश भक्त स्वयम् सेवक जनशक्तिको निर्माण गरी नेपाल जस्तो प्राकृतिक विपद्को जोखिममा रहेको राष्ट्रलाई अमूल्य सहयोग मिल्न सक्ने कूरालाई मनन् गर्दै वि.सं. २०७१ बाट पूनः सिनियर र जूनियर गरी दूवै डिभिजनको तालिम संचालन भएको छ ।
५. ूराष्ट्रिय सेवा दल ऐन २०२७ू मा आधारित रहेर ूअनूशासन नै राष्ट्र सेवाको मूल जड होू भन्ने आदर्श वाक्य लिएको राष्ट्रिय सेवा दलले हालसम्म जूनियर डिभिजन तर्फ १९,९८७ र सिनियर डिभिजन तर्फ ९५१ गरी कूल २०,९३८ जना क्याण्डेट छात्रछात्राहरुले सफलता पुर्वक तालिम हासिल गरिसकेका छन् ।
६. स्थापना कालमा तत्कालिन श्री ५ को सरकारले राष्ट्रिय सेवा दलको तालिम संचालन तथा व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मेवारी दिएको छ । बिद्यमान अवस्थामा समेत नेपाल सरकारको यूवा विकास कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न नेपाली सेनाले जिम्मेवारी पाए अनूरुप नेपाल अधिराज्य भरिका माध्यमिक तथा उच्च माध्यमिक तहका बिद्यार्थीहरुलाई प्रासंगिक एवं सान्दर्भिक तालिम प्रदान गराई उनीहरुमा अनूभव र क्षमताको अभिबृद्धि गराउनूको साथै राष्ट्रप्रतिको उपयोगितालाई बढाउदै लैजान राष्ट्रिय सेवा दलको तालिम संचालन गरिरहेको छ ।
७. हाल राष्ट्रिय सेवा दलको प्रमूख सल्लाहकार उपरथी डा. श्री रमीन्द्र क्षत्री हुनुहुन्छ ।
0 comments:
Post a Comment