काठमाडौं, १ साउन । पार्टी अध्यक्षसमेत प्रधानमन्त्री रहेका केपी शर्मा ओली संसदमा अल्पमतमा परेपछि एमालेले आफ्ना भातृ संगठनका नेतारकार्यकर्ताहरुलाई सडकमा उतारेको छ । त्यो पनि संगठनको आधिकारिक ब्यानरमा होइन ‘स्वतन्त्र युवा अभियान’का नाममा ।
यसैक्रममा शुक्रबार माइतिघरमा आयोजित र्यालीमा पूर्वमन्त्रीसमेत रहेका एमाले युवा नेता महेश बस्नेत, एमाले भातृ संगठन युवा संघ नेपालका अध्यक्ष राजिव पहरी, अनेरास्ववियुकी अध्यक्ष नविना लामा लगायत पनि भेटिए ।
बस्नेत, पहरी र लामासहितको तस्बिर इन्टरनेटमा भाइरल बनिरहेको छ ।
माउ पार्टीलाई आफ्ठ्यारो पर्दा भातृ संगठनका नेता सडकमा उत्रिनु त सामान्य हो । तर, संगठनको व्यानरमा उपस्थित हुनु अति सामान्य राजनीतिक प्रचलन मानिन्छ ।
स्वतन्त्र र स्वतस्फूर्त रुपमा आयोजित भनिएको र्यालीमा नेतृत्व तहमै रहेका युवा नेताको उपस्थिति हुनु र ब्यानर नै बनाएर प्रचार गर्नु एक प्रकारको ‘झेल’ हो ।
सामाजिक सञ्जालहरुमा यसलाई स्वतन्त्र र्यालीका नाममा सत्ता बचाउने एमालेको जालझेलको रुपमा चर्चा हुन थालेको छ ।
यसैक्रममा शनिबार आयोजित र्यालीमा सहभागी हुन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले फेसबुकमा ब्यानर नै राखेर अपील गरेकी छन् । उनले शेयर गरेको ब्यानरमा तल लेखिएको छ, ‘स्वतन्त्र युवा(विद्यार्थी अभियान’ । लामा स्वयम् एमाले भातृ संगठनकी अध्यक्ष हुन् ।
अनेरास्ववियु अध्यक्ष नविना लामाले शनिबार आयोजित र्यालीमा सहभागी हुन आह्वान गर्दै सार्वजनिक गरेको ब्यानर । समय र स्थानबारे लेखिएको सामाग्री प्रचारका लागि मात्रै रहेकाले यहाँ ब्लर गरिएको छ । – सम्पादक
नविनाको यस्तो स्टाटसमा पनि कतिपयले स्वतन्त्रका नाममा प्रचारित एमालेको र्यालीप्रति व्यङ्ग्य गरेका छन् । रातारात एकै प्रकारका टी(शर्ट कसरी छापियो भन्ने कुरामा पनि आलोचना भइरहेको छ ।
केही छानिएका कमेन्टहरु यस्ता छन् ।
रातारात डग्मगायो जनमत
माओवादी केन्द्रले समर्थन फिर्ता लिएको दिन सामाजिक सञ्जाल ओलीमय थियो । अधिकांशले प्रधानमन्त्री ओलीको बचाउ गर्दै माओवादी केन्द्रको निर्णयको विरोध गरिरहेका थिए ।
तर, त्यसको २४ घण्टा बित्न नपाउँदै सामाजिक सञ्जालहरुमा ओलीको आलोचना गरिएका पोस्टहरु पनि प्रशस्त भेटिन थाले । भूकम्प गएको डेढवर्ष बितिसक्दा पनि राहत उपलब्ध गराउन नसकेका ओलीले सरकारले उपचारका लागि अमेरिकासमेत लगिसकेका आदित्य दाहाल ९जसलाई गुगल ब्वाइ भनेर प्रचार गरिएको छ०लाई १ करोड दिने निर्णय गरे । यस्तै स्वतन्त्रका नाममा सत्ता बचाउन सडकमा भातृ संगठनका नेता कार्यकर्ता उतारे ।
आदित्यलाई १ करोड दिने निर्णय र प्रयोजित र्यालीले ओलीमय राष्ट्रवादको हुरीलाई तितरबितर पार्न थालेको छ ।
समर्थक पनि उत्तिकै
सामाजिक सञ्जालमा ओलीको आलोचना गर्नेको तुलनामा समर्थक बढी छन् । उनीहरु मध्ये कतिपयले सरकार परिवर्तनको खेलप्रति असन्तुष्टि जनाएका छन् भने कतिपयले ओलीलाई काम गर्न दिन भनिरहेका छन् । भारतविरोधी सेन्टिमेन्टको साथ पनि ओलीलाई छ ।
पछिल्लो राजनीतिक विकासक्रम र सरकार परिवर्तनको प्रभाव सामाजिक सञ्जालमा राम्रैसँग परेको छ । सजिलोपोष्टबाट

0 comments:
Post a Comment