इलाम उपमहानगरपालिकाः नगर कांग्रेस


इलाम, ५ साउनः नेपाली कांग्रेस इलाम नगर समितिले राज्यको पुर्नसंरचना अन्र्तगत स्थानीय निकायको सीमांकन गर्ने क्रममा इलाम नगरपालिकालाई उपमहानगरपालिका बनाउने प्रस्ताव गरेको छ । समितिले प्रस्ताव गरेको उपमहानगरपालिकामा इलाम नगर सहित सीमा गाँसिएको बरबोटे, सुम्बेक, सुलुबुङ, माईपोखरी, माईमझुवा, माबु, पुवामझुवा र साखेजुङ गाविसलाई समेट्नु पर्ने अवधारणा ल्याएको नगर समापति होम बस्नेतले चियाबारी दैनिकलाई जानकारी दिए ।
समितिद्वारा जारी विज्ञप्तीमा प्राकृतिक सीमाना मिल्ने, आधारभूत जनसंख्या, प्राकृतिक स्रोत साधनको समुचित परिचालन, मिश्रित बसोबास देखिने, पर्वतीय श्रृंखला मिल्दो र सुगमता देखिने आधार बनाएर उपमहानगरपालिका बनाउन सिफारिस गरेको हो । प्रस्तावित उपमहानगरपालिकामा इलाम नगरपालिकामा चार हजार सात सय बत्तीस घरधुरी र जनसंख्या अठार हजार छ सय तेत्तीस, बरबोटे गाविसमा एक हजार चार सय चौध घरधुरी र जनसंख्या छ हजार चार सय चौबीस, सुम्बेक गाविसमा पाँच सय एकानब्बे घरधुरी र जनसंख्या दुई हजार पाँच सय त्रिसठ्ठी, सुलुबुङ गाविसमा सात सय उनानसय घरधुरी र जनसंख्या तीन हजार पाँच सय चौरासी, माईपोखरी गाविसमा नौ सय एक्त्तीस घरधुरी र जनसंख्या चार हजार तीन सय अठ्चालीस, माईमझुवा गाविसमा सात यस अन्ठाउन्न घरधुरी र जनसंख्या तीन हजार चार सय उन्सत्तरी, माबु गाविसमा सात सय चौत्तीस घरधुरी र जनसंख्या तीन हजार एक सय उनपचास, पुवामझुवा गाविसमा छ सय चौत्तीस घरधुरी र जनसंख्या दुइ हजार नौ सय सत्ताईस, साखेजुङ गाविसमा नौ सय बत्तीस घरधुरी र जनसंख्या चार हजार पैत्तालीस रहेको छ । राष्ट्रिय जनगणना २०६८ अनुसार यसरी प्रस्तावित उपमहानगरपालिकाको जम्मा घरधुरी एघार हजार पाँच सय पच्चीस रहनेछ । त्यस्तै पच्चीस हजार तीन सय उनसाठ्ठी महिला र तेइस हजार सात सय त्रियासी पुरुष गरी जम्मा उनपचास हजार एक सय त्रिचालीस जनसंख्या रहनेछ ।
नगर समितिद्धारा जारी विज्ञप्तीमा भौगोलिक निरन्तरता र सन्निकटता रहेको, समुदाय बसोबास विखण्डित नहुने, साखेजुङ बाहेक एउटै पर्वतीय श्रृंखलामा रहेको क्षेत्र भएको, प्राकृतिक रुपमा सीमांकन हुने र पहुँचमा सहजता हुने भएकोले राज्य पुर्नसंरचना आयोगले निर्धारण गरेको मापदण्ड र सीमा समेतलाई यो अवधारणामा ध्यान पु¥याईएको छ । वि.सं. २०१६ सालमा स्थापना भएको पुरानो र ऐतिहासिक नगरपालिका भएकोले यसलाई उपमहानगरपालिकामा रुपान्तरण गर्न आवश्यक भएको नगर उपसभापति मोहन विष्टले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment