इलाम, ५ साउनः सतुङ्गलस्थित दुगड फूड्स एण्ड बेभरेजको गोदाममा रहेका २ लाख साना प्याकेट फ्रुटी खान नमिल्ने भेटिएपछि सरकारी अनुगमन टोलीले उद्योगमा सिलबन्दी गरेको छ ।
मंगलवार आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा उपभोक्तावादी संस्थाहरुको संयुक्त अनुगमन टोलीले उद्योगमा रहेको प्लान्ट तथा गोदाममा सिलबन्दी गरिदिएको हो । टोलीको नेतृत्व गरेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका शाखा अधिकृत रामचन्द्र काफ्लेका अनुसार बजारमा बिक्री नभई म्याद सकिएका फ्रुटी फिर्ता ल्याएर त्यसमै नयाँ लेबलिङ गर्दै पठाउने गरेको पाइएको बताए । दुगड फूड्सले फ्रुटीको प्लान्ट परिवर्तन गर्नुपर्ने भएकाले १५ दिनदेखि उत्पादन गर्न नसकेको जनाएको छ ।
0 comments:
Post a Comment