जिर्मलेमा पाखे धानको परिक्षण


जिर्मले ४ साउनः सिंचाइको अभावको कारण धानखेती मासिदै गएको बेला जिर्मलेका किसानले पानी बिना नै फलाउन सकिने भनिएको पाखे धानको परिक्षण खेती गरि रहेका छन् ।
सामान्यतय धान खेती लागि प्रशस्त हिलो माटोमा गनुपर्ने भएपनि यो जातको धान फूको माटोमा नै  रोपिएको भएपनि अहिले लहलहाउदो र आसलाग्दो देखिएको छ । नेपालको कालीकोट जिल्लाबाट यसैवर्ष मात्रै जिर्मलेमा ल्याइएको यो धान चैत्रमा बिउ छरिएको र जेठको घाममा एक–एकवटा मात्र रोपिएको भएपनि अहिले मज्जाले गाँजिएर आसलाग्दो अवस्थामा रहेको छ ।
आफूलाई यसको बारेमा केही थाहा नभएको भए पनि बिउ ल्याउने मानिसले यस ठाउँमा फलाउन सकिने र रोप्न अनुरोध गरेको कारण एक चिया गिलासको एकसय रुपैंयाँ तिरेर बिउ राखेको र त्ससबाट करिब एक रोपनी जति बारीमा यसको खेती गरेको जिर्मले–४का किसान टीकामाया प्रधानले बताईन् ।
हालसम्म एकैपटक पनि पानीले सिंचाइ नगरिएको भएपनि मल र गोडमेल भने गरिएको उनको भनाइ छ । जिर्मले ४ रम्भ्याङ्गका करिब १२ सय पचास मिटर उचाईको जमिनमा किसानले नै आफै परिक्षणको रुपमा गरेको यो धान खेतीबाट उत्पादन सफल भएमा यसले पहाडी किसानहरुको लागि चामलमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment