इलाम, ३ साउन (चियाबारी संवाददाता)ः इलाम जिल्लाकै बहुप्रतिक्षित इलाम नगरपालिका वडा नंं ७ स्थित महभीरमा रहेको पहरामा रक क्लाइम्बिङ गर्ने अनि अवलोकलन गर्न जानेहरुको हरुको भीड बड्न थालेको छ । महभीरको करिब चालीस मिटर अग्लो पहरामा एक साता अघि कालिध्वज गण इलामका नेपाली सेनाहरुले ओपन तथा अस्ट्रेलियन रेप्लिङ गरेर इलाममै पहिलोपटक रक क्लाइम्बिङको शुरुवात गरेका थिए । सोमबार विहान रक क्याइम्बिङ स्थलमा इलामबासीहरुको ठूलै भिड लागेको थियो । नेपाली सेनाका सहायक रथी सिताराम खड्काले इलाम आएको अबसर पारेर सोहि भीरमा रेप्लिङ प्रदर्शन गरे । कालिध्वज गणका गणपति प्रमुख सेनानी प्रकाश लामिछानेले अष्ट्रेलियन रेप्लिङ प्रदर्शन गरे । त्यहाँ उपस्थित सर्वसाधारणले समेत रक क्लाइम्बिङ र रेप्लिङ प्रदर्शन गरेका छन् ।
सो स्थलमा नेपाली कांग्रेसबाट राज्यमन्त्री भएका बेनुपराज प्रसाई, एमालेका महेश बस्नेत, माओवादी केन्द्रका प्रवास शर्मा, अग्रज पत्रकार धर्म गौतम, मरब क्याम्पसका सहायक क्याम्पस चिफ योगेन्द्रमान श्रेष्ठ, पर्यटन व्यवसायी देवी पौडेल, मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिका सञ्जीव पोखरेलले रक क्लाइम्बिङ र रेप्लिङको अवलोकन गरेका थिए ।
मेची पहाडी क्षेत्र पर्यटन प्रर्वद्धन विकास समितिको आर्थिक सहयोग, नेपाली सेना, कालीध्वज गणको प्राविधिक एवम जनशक्ति सहयोग तथा स्थानीय प्रगति युवा समाजको पहलमा उक्त क्षेत्रमा रक क्लाईम्बिङ, रक गार्डेन तथा बाल उद्यान निर्माण गर्ने परियोजना अन्र्तगत पहिलो चरणको रक क्लाइम्बिङको कार्य सम्पन्न भएपछि आन्तरिक पर्यटकहरुको चासो बढ्दै गएको प्रगति युवा समाजका अध्यक्ष उमेश महतले बताए ।
विकास समितिको करिब दश लाख रुपैंयाँ र स्थानीय क्लब, उपभोक्ता समितिको चार लाख बाह् हजार रुपैंयाँको लागतमा निर्माण गरिएको उक्त परियोजनाको बाँकी बगैंचा तथा उद्यान बनाउने कार्य भने बाँकी रहेको छ । उद्यान निर्माण भएसँगै रक क्लाइम्ब गर्ने स्थलमा रहेको झरनाले इलाम नगरमा अर्को एउटा पर्यटकीय गन्तव्य हुने निश्चित छ ।
0 comments:
Post a Comment