इलाम, ३ साउनः इदको अवसर पारेर बलिउड चलचित्र सुल्तान रिलिज भयो । सामानयता शुक्रबार मात्र बलिउड चलचित्र रिलिज हुने ‘ट्रेण्ड’ तोड्दै पहलमान सुल्तान अलिखान उर्फ सलमान खानको चलचित्र बुधबार नै रिलिज भयो । फेसबुकमा राष्ट्रियताका ‘माकफुइँ’ छाट्नेहरुकै काठमाडौंका सिनेघरमा भीड थियो । सुल्तानले भारतमा मात्र होइन, नेपालमा पनि आफ्नो रेकर्डहरु तोड्यो । काठमाडौंका सबै सिनेघरहरुमा सुल्तान लाग्यो । नेपाली चलचित्रहरु छायाँमा परे । यता सिनेमा हल नै नभएको इलाम सदरमुकामका युवाहरु पनि चलचित्र हेर्नकै लागि सिलिगुडी पुगे । सलमान खानका इलामे फ्यानहरु अघिल्लो शनिबारनै सुल्तान हेर्न सिमावर्ती भारतीय शहर सिलिगुडी पुगेका हुन् । उसो त विभिन्न बहानामा सुल्तान हेर्न अरु इलामे पनि दार्जिलिङको ‘बिग बजार’मा तथा झापाको विभिन्न सिने घर नपुगेका होइनन् । चलचित्रका पारखीहरु आफ्नो रोजाईको कलाकारको भारतीय चलचित्र रिलिज भएर भारतकै विभिन्न शहरसम्म पुरेर चलचित्र हेर्न जाने इलामेहरुको क्रम दशकौंदेखि निरन्तर चलिरहेको जानकारहरु बताउँछन् । यता सिलिगुडी गएर सुल्तान चलचित्र हेरेका सलमान खानका फ्यान सन्दिप प्रधान भन्छन्– ‘राष्ट्रियता र मनोरञ्जन फरक कुरा हुन् । भारतीय चलचित्र हेरेर मनोरञ्जन गर्दैमा कोही मानिसमा राष्ट्रियताको भावना कमी छ भन्न मिल्दैन ।’ अघिल्लो शनिबार इलामबाट एक गाडी रिजर्भ गरी धेरै इलामे युवा सिलिगुडीको ‘सिटी सेन्टर’मा गएर सुल्तान हेरेको उनले स्विकारे ।
वास्तविक जीवनदेखि अवास्तविक जीवनको फेहरिष्त गर्ने काम सुल्तानले गरेको छ प्रेम र खेलकुदको क्षेत्रलाई आधार मानेर बनाइएको चलचित्रले आफनो प्रचारबाजीमा जति ढोल पिटाए पनि । त्यसको आधारमा यसलाई सफल चलचित्र भने अवस्था चाहि छैन । कहानीमा ‘टुइस्ट’ र मारपिटको लागि भारतीय अभिनेता सलमान खानलाई मान्नै पर्छ । हल्का एकछिनको मनोरञ्जनको लागि यो चलचित्र उपयुक्त हुन्छ । मनमा राख्नै पर्ने कहानी भने यस चलचित्रमा छैन । कुस्ती खेललाई प्राथमिकतामा राखेर बनाइएको यस चलचित्रले कुस्ती बाजहरुलाई केही शिक्षा देला । तर हामी जस्ता सरल नागरिकहरुलाई भने एक सवा घण्टा टाउको दुखाई छ । हरियाणाका कुस्ती परिवारका सेरोफेरोमा बनाइएको यो चलचित्रले कुस्तीलाई भने राम्रै महत्व दिएको छ । कुस्तीमा हरेक चिज पाइन्छ भन्ने सन्देश पनि यो चलचित्रले रोचक ढंगले प्रस्तुत छ । अनुस्का शर्मा जो यस चलचित्रकी हिरोइन हुन्, उनको हठिपना र घमण्डताको बयान चलचित्रमा राम्रैसँग गरिएको छ । अभिनेता सलमान खान जो एक साधारण परिवारका हुन्छन्, उनको काम भनेको दिनभरी दौतरीहरुसँग टोल घुम्ने र सामाजिक काम गर्ने । यसरी साधारण जीवन ब्यतित गरिरहेका सलमानको नजर एकदिन अनुष्का शर्माको नजरमा पर्यो । त्यसपछि लागे सलमान अनुष्को पछि । आफनो बाबुले गरिरहेको कुस्तीशालामा विभिन्न किसिमका खेलाडीहरुलाई प्रशिक्षण दिनुका साथै आफै पनि पक्का कुस्ती थिइन् उनी । सलमानले आफनो नजरियालाई त्यसै गुम्न दिएनन् । हिन्दी भाषामा राम्रो दख्खल थियो सलमानको । एकपटकको भेटमा नै उनले अनुष्कालाई प्रेम प्रस्ताव गरेका थिए । जुन सफल हुन् सकेन । अनुष्काको घमण्डीपनाको अगाडी उनको केही लागेन । चलचित्र दौरानमा अनुष्काले सलमानलाई उनको असफलतालाई सफलतामा बदल्न राम्रै सुझाव दिएकी थिइन् । यसै बिच सलमानले पनि आफूलाई कुस्ती खेलको दर्जामा एक नम्बरमा पुराई सकेका थिए । जसले गर्दा अनुष्काले आप्mनो प्रेमलाई स्वीकार गरिन् । त्यसपछि दुबैको विवाह भयो । सलमान कुस्तीको दुनियाँमा रमाइरहे । उता अनुष्काले सलमान बाबु बन्ने सुखद समाचार सुनाइन् र आफ्नो जीवनको एकमात्र लक्ष ओलम्पिकमा गोल्ड मेडल जित्ने लक्ष त्यागेर बढो धैर्यताका साथ आफनो बालकलाई जन्म दिने काममा लागिन् । सन्तान त यो धर्तीमा आयो । उता सलमान कुस्तीको दुनियाँको बेजोड बादशाह बनिसकेका थिए । अकस्मात सलमान विश्व कुस्ती भाग लिन जानु र अनुष्काले बच्चा जन्माउनु एकै पटक पर्न गयो । ओ नेगेटिभ रगत अभावका कारण बच्चा यो धर्तीमा रहेन । यदि सलमान बच्चा जन्माएको समयमा त्यही थिए भने सलमान र बच्चाको रक्त समुह मिल्थ्यो र बच्चा बचाउने सम्भावना रहन्थ्यो । अनि शुरु भयो अनुप्का र सलमान बिच टसल । यहि टसलका कारण उनीहरुको भेटघाट देखि बोलीचाली सम्म बन्द भयो । कुस्तीको राउण्डमा उनी विश्व विख्यात भएपनि पारिवारिक जीवनमा भने उनले खासै आन्नद लिन सकेनन् । यस्तै सेरोफेरोमा चलचित्रलाई मोडिएको छ । साधारण मनोरञ्जनको लागी यो चलचित्र ठिकै छ । कहानीकै हिसाबले हेर्ने हो भने यो चलचित्रमा खासै दम छैन् भन्दा खासै फरक पर्दैन ।
0 comments:
Post a Comment