युवा व्यवसायी कपिलले शुरु गरे स्टिम थेरापी सेवा


इलाम, १८ भदौः स्वस्थ्य जीवनको लागि मानिसहरु विभिन्न प्रकारका थेरापी, मसाज, सौना वाथ आदी गर्ने प्रचलन ठुला–ठुला शहर बजारमा चलिआएको छ । इलाममा पनि यस प्रकारको सेवा उपलब्ध गराउनका लागि पिपलबोटेमा स्टिम थेरापी सेवा शुरु गरिएको छ । इलाम नगरपालिका वडा नं. ९ निवासी युवा व्यवसायी कपिल कोइरालाले यो सेवा उपलब्ध गराएका हुन् । हाड जोर्नी दुख्ने, चिसो लागेको शरीरको नसा च्यापिएको जस्ता समस्याहरुमा यो थेरापी उपयोगी हुने कोइरालाले बताए । उनले भने– ‘यो थेरापीले शरीरबाट अत्याधिक पसिना निकाल्ने हुनाले पसिनाजन्य कारणले हुने रोगहरुका लागि रामवाण नै हुनेछ । मानिसहरु तातोपानी कुण्डमा गएर डुबुल्की मार्ने गर्छन, हो त्यही प्रकारको थेरापी हो यो स्टिम थेरापी । यसले छाला चम्किलो बनाउनका साथै छालामा हुने समस्याहरु पनि निको पार्दछ ।’
व्यवसायी कोइराला आफै एकपटक ढाडको नसा च्यापिएर उपचारको क्रममा काठमाडौंस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा डाक्टरले अप्रेशन गर्नुपर्छ भनेपछि आफन्तहरुसँग सल्लाह गरे । तर अप्रेशनको क्रममा सानो गल्ती भएमा प्यारालाइसिस हुने सम्भावना भएको हुँदा उनी नयाँ वानेश्वरस्थित जागृति आरोग्य केन्द्रमा गएर तीस पटक जति स्टिम थेरापी गरेपछि उनको समस्या समाधान भयो । अहिले उनी हृष्टपुष्ट छन् । उनले यस प्रकारको थेरापीलाई इलाममा पनि भित्रियाउन मन गरे । त्यसको लागि उनेले थेरापी गर्ने तौरतरिका, बाकस आदीको राम्रोसँग अवलोकन गरेर इलाममा पनि त्यही प्रकारको बाकस बनाएर अहिले दैनिक एक–दुई जनालाई यो सेवा दिइरहेको छन् । हाल सम्म उनको थेरापीबाट सेवा लिनेको संख्या करिब दुईसय पचास जना जति भइसकेका छन् । एकसय पचास रुपैंयाँ शुल्क लिएर करिब १० देखि १५ मिनेट सम्म उक्त थेरापी सुविधा लिन सकिने कोइरालाले चियाबारी दैनिकलाई बताए । थेरापीमा निस्किने वाफमा रक्तचन्दनको धुलो, तितेपाती, विभिन्न प्रकारको धुप्पी–सल्लाहरु प्रयोग गरिने भएकोले यो पुर्ण आयुर्वेदिक समेत भएको उनले बताए । ‘यो थेरापी भनेको तातोपानीको वाफबाट गरिने हो । पानीमा विभिन्न प्रकारका जडिबुट्टी, रक्तचन्दनको धुलो, भिक्स आदी मिसाउछौं र मिसाएको पदार्थहरु वाफबाट छालाको हरेक भागमा प्रवेश गर्दछ र मानिसको विकारहरुलाई निकालेर स्वस्थ्य बनाउदछ ।’ उनले भने ।
यस थेरापीलाई विस्तार गर्दै भावी दिनमा अक्युपञ्चर, अकुप्रेसर र मसाज सेवा दिने केन्द्र बनाउने कोइरालाको लक्ष्य रहेको छ । हाल एकवटा थेरापी बाकसबाट सेवा दिदै गरेका उनले दोस्रो बाकस पनि बनाउन लागेका छन् । राम्रो एक–दुईजना व्यक्तिलाई तालिम दिएर यो सेवा बिस्तार गर्दै भविष्यमा आयुर्वेदिक सेवा केन्द्र बनाउने उनको सोच रहेको छ । उनको थेरापीबाट दुई पटक सेवा लिएका इलाम नपा १ का डोरप्रसाद उप्रेतीले ढाड र खुट्रटा दुख्ने समस्या सुधारोन्मुख भएको बताए । उनले भने– ‘एकदम सहज र सरल लाग्यो । 
कुनै जोखिम नहुने सस्तो र सहज प्रविधि भएकोले यसप्रकारको प्रविधिलाई निरन्तरता दिनु पर्दछ ।’ चियाबारी दैनिकले यो सेवालाई किन बजारक्षेत्रमा संचालन नगरेको भन्ने प्रश्नमा उनले भने– ‘इलामका मानिसहरु इलाममा घुम्ने ठाउँ छैन भन्छन, नजिकै कतै निस्किएर रमाईलो गर्ने स्थान अभाव भयो भन्छन् । तर मैले यो थेरापी संचालन गरेको स्थान इलाम बजार नजिकै छ । 
उनीहरुलाई यहाँसम्म आउँदा केहि टाढा गएजस्तो अनुभव पनि हुने, शान्त र हरियाली वातावरणमा एकाध घण्टा मन भुल्याउन पनि पाईने, बजारको कोलाहलबाट शान्त रहने भएकोले मैले यो सेवा पिपलबोटेमै संचालन गरेको हुँ । यदी कसैलाई यो सेवा लिन इच्छुक हुनुहुन्छ भने बिहान–बेलुका मलाई ९८४२६३६१३६ मा सम्पर्क गर्न सक्नु हुन्छ ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

2 comments: