इलाम, ६ कार्तिकः अर्गानिक खेतीको उत्पादन, कृषि बजारको व्यवस्थापन भन्ने मुल नाराका साथ कृषि उत्पादन तथा बजारीकरणलाई थप बढावा दिने उद्देश्यले इलाम नगरपालिका वडा नं.–५ स्थित गोलाखर्क भञ्ज्याङ बजारमा बृहत सांस्कृतिक कार्यक्रम २०७३ शनिबार सम्पन्न भएको छ । उक्त बृहत सांस्कृतिक कार्यक्रम भञ्ज्याङ युथ क्लब तथा मञ्ज्याङ महिला समूहद्धारा तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको आयोजकले बताएका छन् ।
कार्यक्रममा हाँस्य कलाकार श्रीकृष्ण लुईटेल (बोकेदारी), चर्चित गायक कुबेर राई, भुपेन राई, हाँस्य कलाकार घनश्याम तिमल्सिना (एण्टिना)को साथमा दर्जनौं स्थानीय कलाकारहरुको प्रस्तुती गरेका कार्यक्रम संयोजक निरज चौहानले बताएका छन् ।

तस्वीरः प्रकाश नेपाल, भञ्ज्यङ

0 comments:
Post a Comment