इलाम, ४ कात्तिक : रक्षा मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले संविधान संसोधन हुने वताएका छन् । नेपालको संविधान लचिलो संविधान भएकाले मुलभुत कुराहरुसमेत संसोधन गर्न सकिने वताएका हुन् । नेपाल तरुण दल इलामले सदरमुकाममा आयोजना गरेको ‘संविधान कार्यान्वयनमा तरुणको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथ्यता ग्रहण गर्न आइपुगेका खाँडले नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रियता बिथोलिने बाहेकका अन्य कुरा संसोधन गर्न सकिने वताएका हुन् ।
नेपालको मालिक भनेकै नेपाली जनता भएकाले देश मजबुत बनाउने कुरामा राजनैतिक स्वार्थ पुरा भन्दापनि देश बनाउन लाग्नुु पर्ने उनको धारणा रहेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य भिष्मराज आङ्देङ्वे, धनराज गुुरुङ, तरुण दलका केन्द्रिय अध्यक्ष उदय शमसेर राणा, ब्यवस्थापिका संसदका सदस्य तथा इलाम क्षेत्र नम्वर तीनका निर्वाचित सांसद केशव थापा, ब्यवस्थापिका सांसदकी प्रतिनिधि सुजता परियार, नेपाली काङ्ग्रेस इलाम सभापति हिमालय कर्मचार्य लगायत तरुण दल तथा नेपाली काङ्ग्रेसका नेताहरुले कार्यक्रमलाई सम्वोधन गरेका थिए । विपीले अपनाएको मेलमिलापको नीतिलाई कार्यन्वयन गर्न सहयोग पुु¥याउने उद्देश्यले समसामयिक विषयवस्तुमा अन्तरक्रिया तथा दिपावली, छठ साथै नेपाल संवदको अवसरमा शुुभकामना आदानप्रदान गरिएको तरुण दल इलामका अध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।
0 comments:
Post a Comment