इलाम, ४ कार्तिकः प्रहरीले भक्तपुरको लोकन्थलीबाट दुई थान पेस्तोलसहित पाँचथर पञ्चमी–३ का ३५ वर्षीय सचिन्द्र पालुङ लिम्बूलाई पक्राउ गरेको छ । प्रहरीको विषेश ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले लिम्बूलाई लोकन्थलीको सुकुम्बासी बस्तीबाट दुई थान कटुवा पेस्थोल, एक थान खुकुरी, चक्कु र लिम्बुवान मुक्ति मोर्चाको झण्डा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सचिन्द्र लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्ता भएको तर पछिल्लो समयमा उनि निष्कृय रहेको प्रहरीले जनाएको छ । उनी दाईको कोठामा बस्दै आएका थिए । पक्राउ परेका लिम्बुका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment