शताब्दीको छलाङः एक बर्षमा ४६ प्रतिसतले शेयरमा बृद्धि

इलाम, २७ कार्तिकः शताब्दी ऋण तथा सहकारी संस्था इलामले आब २०७२÷७३ को २० करोड १९ लाख ४ हजार चौसठ्ठी रुपैयाँको प्राप्ति तथा भुत्तानी कारोबारलाई सर्बसम्मतले पारित गर्दै १४ औं साधारणसभा सम्पन्न गरेको छ । सहकारीले गत आर्थिक बर्षमा विगत भन्दा शेयर रकममा ४६ दशमलब ८९ प्रतिशतले बृद्धि गरेको छ भने महिला शेयर सदस्य १० प्रतिशत र पुरुष शेयर सदस्य ६ प्रतिशतले बृद्धि गरेको छ । सहकारीले नियमित बचतमा ३१, बाल बचतमा ४३, आवाधिक बचतमा ४६ प्रतिशतका दरले बृद्धि गरि १६ बर्षको स्थापनादेखिको इतिहासको क्रमभङ्गता गरेको छ । सहकारीले यस आर्थिक बर्षदेखि विगतदेखि सञ्चालनमा ल्याएको सदस्य राहत रकमलाई २५ हजार पु¥याएको छ । अध्यक्ष बबुल भक्तराजद्वारा पेश गरिएको सहकारीको भावि नीति तथा कार्यक्रमलाई सभाले सर्बसम्मतले पारित गरेको थियो । कुल कारोबारको विवरण प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष बिजय कार्कीले शेयर रकम रु १ करोड ५ लाख तथा बचत ८ करोड ५५ लाख पुगेको जानकारी दिए । सहकारीको आर्थिक प्रतिवेदनलाई समेत सभाले पारित गरेको थियो । शनिबार गौतमबुद्ध सभागृहमा आयोजित औपचारिक कार्यक्रममा उत्कृष्ट ऋणीहरु लक्ष्मी सुब्बा, हिमा राई, कृष्णप्रसाद कणेल र मानबहादुर पौडेललाई सम्मान गरियो । असल बचतकर्ताको तर्फबाट देवेन्द्र ठाकुर, प्रमिला कोइराला, कमल खनाल र कृष्णकुमारी खड्काले पुरस्कारका साथ कार्यक्रमबीच सम्मान पाए । उत्कृष्त शेयर खरिदकर्ताको पुरस्कार र सम्मान जित्नेहरुमा घनश्याम महत र उपासना कार्की थिए । प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीहरु पपिला घिसिङ, सेसम सिंह, सुयोग्यमान श्रेष्ठले सहकारीको तर्फबाट पुरस्कार पाए । कक्षा ८ को जिल्लास्तरीय परिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीहरु प्रतिक्षा भट्टराई र सुप्रिम श्रेष्ठ तथा  कक्षा ५ को जिल्लास्तरीय परिक्षामा उत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका छोराछोरीहरु महिमा श्रेष्ठ र नविन खतिवडाले पुरस्कार पाए । उत्कृष्ट कर्मचारीको पुरस्कार सहकारीका बजार प्रतिनिधि दिपक भण्डारीले पाए । समाजसेवी भोज बहादुर कार्की र औषधी व्यवसायी चित्रबहादुर थापा (विनोद)लाई कार्यक्रमविच सम्मान गरियो ।  कार्यक्रममा शेयर सदस्यका तर्फबाट जुवालदास राई र प्रतिभा पौडेलले मन्तव्य राखेकी थिइन् । पत्रकार महासंघका प्रतिनिधि सुदिप श्रेष्ठ, सहकारी बैङ्कका प्रवन्धक उपेन्द्र दहाल र सहकारीका पूर्व अध्यक्ष रविन्द्र्रसाद श्रेष्ठले सभालाई सम्बोधन गर्दै सहकारी उत्कृष्टताको बाटोमा हिडेको र यो बृद्धिदरलाई थामेर लानुपर्ने सुझाव दिए । कार्यक्रमका विशेष अतिथि बचत तथा ऋण सहकारी संघ इलामका अध्यक्ष कमल श्रेष्ठ तथा मुख्य अतिथि केन्द्रिय चिया सहकारी संघका अध्यक्ष गोविन्द दहालले हरेक सहकारीले सहकारी मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रम संस्थाका अध्यक्ष बबुल भक्तराजको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment