सुनको मूल्य ६ महिना यताकै सस्तो

१० मंसिर, काठमाडौं । सुनको मूल्य ६ महिनायताकै सस्तो भएको छ । शुक्रबार एकैदिन सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ५४ हजार २ सय रुपैयाँमा कायम भएको छ ।
बिहीबार सुनको मूल्य तोलाको ५४ हजार ६ सय रुपैयाँ थियो । गत जेठको मध्यमा सुनको मूल्य ५४ हजार ५ सयभन्दा तल ओर्लिएको थियो । हिजो बिहीबार मात्रै सुन एकैपटक प्रतितोला ८ सय रुपैयाँले सस्तो भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमै सुन सस्तो भएकाले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको बताएको छ । मंसिर लागेयता सुन निरन्तर सस्तो भइरहेको छ ।
यसले उभोक्तालाई भने राहत पनि दिएको छ । नेपाली बजारमा मंसिर सबैभन्दा बढी सुन कारोबार हुने सिजन हो । चाँदीको भाउ भने आज स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कायम भएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment