भारतले रोकेको नेपाली अदुवामा विषादी नभएको पुष्टि

काठमाडौं, १० मंसिरः केही समयअघि भारतले विषादी प्रयोग भएको भन्दै नेपाली अदुवा भारत निर्यातमा रोक लगायो । निर्यात हुँदै आएको अदुवामा अचानक भारत सरकारले रोक लगाएपछि मर्कामा परेका नेपाली अदुवा व्यापारीले विषादी परिक्षणका लागि भारतनै लगे । तर परिक्षणका क्रममा विषादी नभएको प्रयोगशालाले पुष्टि गरिदिएपछि अब पुन अदुवा निकासीको वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । अदुवामा देखिएको भनिएको विषादी जाँचकालागि भारतकै बैङ्गलोर खाद्य परीक्षण शाखामा परीक्षण गराइँदा विषादी नभएको पुष्टि भएको राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल अदुवा उत्पादक संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए । अध्यक्ष खड्काले अदुवा निर्यातमा भारतीय प्रशासनले शुरु गरेको झन्झटिलो प्रक्रिया, चर्को क्वारेन्टाइन शुल्क, दोहोरो करको समस्याका कारण नेपाली अदुवा निकासी प्रभावित भएको पनि बताए । यसअघि भारतले नेपालमा उत्पादन भएको अदुवामा एल्डी कार्ब भन्ने विषादी प्रयोग भएका कारण देखाई आयातमा रोक लगाएको बताइन्छ । 
अदुवा निकासीको वातावरण बनाउन र देखिएका समस्या  समाधानको पहल गर्न पनि सङ्घले नेपाल सरकारलाई आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment