इलाम, १० मंसिरः चौथो आर्या अवार्ड आयुष गुरुङले जितेका छन् । ग्रिन भ्याली एकेडेमी इलाममा कक्षा एलकेजीमा उत्कृष्ट अङ्क ९९.८२ प्रतिसत ल्याएर गुरुङले नगद रु ५ हजार सहित आर्या अवार्ड जितेका हुन् । ग्रीन भ्याली एकेडेमी इलामका अध्यक्ष कुमार बैद्यले शुक्रबार आयोजित कार्यक्रमविच आयुष र उनकी आमालाई पुरस्कार हस्तान्तरण गर्दै बधाइ ज्ञापन गरेका थिए ।
२०६९ सालको ग्रिन भ्याली एकेडेमीको कक्षा एलकेजी ब्याचमा अध्ययनरत आर्या दहालको स्मृतिमा २०६९ सालमै सो अवार्ड स्थापना गरिएको थियो भने पुरसका २०७० सालदेखि वितरण गर्न शुरु गरिएको थियो । आर्याको स्मृतिमा उनका बुबाआमा मेडिकल डाक्टरद्वय हिमाल दहाल र आशा कार्कीले आर्या मेमोरियल ट्रष्ट खडा गरि हरेक बर्ष पुरस्कार वितरण गर्ने व्यवस्था मिलाएका थिए । ब्लड क्यान्सरका कारण आर्याको निधन भएपछि उनको स्मृतिमा हरेक बर्ष अवार्ड वितरण गरिदै आएको छ । ट्रष्टका सदस्य सचिव राजन माइकल गुरुङले यस्ता प्रकारका अवार्डहरुले बालबाललिकाको मनोवल उच्च हुने भएकोले विद्यालयले पनि कार्याक्रमको आयोजना गरेर ट्रष्टलाई सहयोग गर्दै आएको बताए । कार्यक्रमलाई होष्ट गर्दै विद्यालयका अध्यापक रोसन श्रेष्ठले आर्याको विषयमा सहभागीलाई जानकारी गराएका थिए । कार्यक्रममा आर्याको स्मृतिमा एक मिनेट मौन धारण गर्दै आत्माको शान्तिको कामना गरिएको थियो । यसअघि सुभाय श्रेष्ठ, लुइस श्रेष्ठ, रोनिसा दहालले यो अवार्ड जितिसकेका छन् ।

0 comments:
Post a Comment