चिठ्ठाको नतिजा प्रकाशन

इलाम ,मंसिर ४ (चियाबारी संवददाता)ः पुर्व नेपाल रात्री बस व्यवसायी संघ प्रधान कार्यालय इलामले चिठ्ठाको नतिजा प्रकाशन गरेको छ । संघले दशै तिहारको अवसरमा इलाम देखि काठमाडौंसम्म शुभेच्छा र महालक्ष्मी डिलक्स मार्फत यात्रा गर्ने यात्रुहरु मध्येबाट गोला प्रथा गर्दै चिठाको नतिजा निकालेको हो । उक्त बसमा सवार गर्ने यात्रुहरु मध्येबाट गोला प्रथा गरी ३ जना यात्रुको नाम शनिबार सार्वजनिक गरेको हो । गोला प्रथाद्धारा प्रथम पुरस्कार झमक बहादुर मगर, द्धितिय भविन्द्र उपरकुटी र तेस्रो पुरस्कार सब्बु कोइराला छानिएका हुन् । विजेता यात्रुहरुलाई सामसुङ्ग मोबाइल सेट प्रदान गरिएको छ । कार्यालयले गत भाद्र २५ गते देखि कार्तिक २१ गते सम्म सावर यात्रुको टिकट नम्बर संकलन गरी गोला प्रथाद्धारा नतिजा निकालेको हो । गोला प्रथा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको रोहवरमा प्रकाशन गरिएको संघका कार्यालय प्रमुख नरेन्द्र खड्काले जानकारी दिएका छन् । यसै विच सोहि कार्यक्रममा संघका अध्यक्ष महेश वस्नेतले भोलि देखी २०७४ असार सम्म सोहि बसहरु मार्फत यात्रा गर्ने यात्रुहरु मध्ये २ जनालाई पुनः गोला प्रथा द्धारा पुरस्कृत गरिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment