हर्कटे गोल्डकपको उपाधी आयोजकलाई

नमिन ढकाल
प्रथम हर्कटे गोल्डकप २०७३ को उपाधी आयोजक दिपेन्द्र शिखर यवा समुहले जितेको छ । । पूर्वी इलामको सूर्योदय नगरपालिका १३ कन्याममा भएको प्रतियोगितामा तीनघरे युवा फूटबल क्लव तीनघरेलाई  ०–२ गोल अन्तरले स्तब्ध पार्दै आयोजक दिपेन्द्र शिखर फूटबल क्लवले उपाधी चुमेको छ । आयोकको लागी खेलको १३ औ मिनेटमा दिलिप भूजेल र ५१ औ मिनेटमा दर्शन गुरुङ्गले गोल गरेका थिए । उपाधी विजेताले नगद ५० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेतामा चित्त बुझाएको तिनघरेले ३० हजार रुपैया सहित ट्रफी मेडल र प्रमाण पत्र  प्राप्त गरेका छन् । गत कार्तिक २५ गतेबाट सुरु भएको प्रतियोगितामा झापा र इलामको गरी १७ टिमले सहभागीता जनाएको थिए ।  प्रतियोगीताको उत्कृष्ट खेलाडी आयोजकका दर्शन गुरुङ्ग डिफेन्डर आयोजक टिमका प्रदिप विष्ट, उत्कृष्ट गोल रक्षक आयोजक टिमका निश्चल राई घोषित भए । त्यस्तै अनुशासित खेलाडी तिनघरेधा शुक्रराज प्रधान, र उत्कृष्ट फर्वाड तिनघरेका विमल राई घोषित भएका छन् । दिपेन्द्र शिखर फूटबल क्लव र  सिर्जना युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फाइनल खेल हुनु अघि नेपाल पत्रकार महासंघ इलाम र नेपाल पत्रकार महासंघ झापा बिच मैत्रीपूर्ण खेल भएको थियो । जसमा दुवै टिमबाट १– १ गोल भएको थियो । प्रतियोगितामा भएको विजेता र उपविजेता टिमलाई प्रमुख अतिथि समाजसेवी तथा शिक्षासेवी टिका भट्टराई र आयोजक समितिका अध्यक्ष श्री प्रसाद खरेलले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगीताको समापनमा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचायर्, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष जित ब. राई जिल्ला फुटबल संघका उपाध्यक्ष सन्तोष भक्तराज, लगायतले मन्तव्य राखेका थिए ।     

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment