गोविन्द पौडेल
जिर्मले, १५ मंसिरः आगामी डिसेम्बरको १ देखि ३ तारिखसम्म भारतको कोलकातमा हिमालयन ओरेन्ज टुरीजम काउन्सीलले आयोजना गरेको ‘तेस्रो हिमालयन ओरेन्ज टुरीजम फेस्टिबल’मा इलाम दक्षिणी गाविस जिर्मलेको सलकपुरमा उत्पादित सुन्तलाको स्टल राखिने भए भएपछि सलकपुरबाट आठ जनाको सांस्कृतिक टोली सहित पन्ध्र जना किसानको टोली आफ्नो बारीमा फलाएको सुन्तला बोकेर बुधबार कोलकाता तर्फ प्रस्थान गरेका छन् ।
भारतको पश्चिम बंगालको सिलिगुडीमा रहेको इको टुरिजमको व्यवस्थापन र प्रकृति संरक्षण समाज बाहुण्डाँगी झापाको समन्वयमा सलकपुरमा उत्पादन भएको सुन्तला बिक्री र प्रदर्शनको लागि लागिने र स्वयम सुन्तला उत्पादक किसानले नै बिक्री गर्न पाउने भएको छन् । जसको लागि सलकपुरबाट सात जना किसानहरुको टोलीले ‘नेपाल सलकपुर’ लेखिएको स्टिकर सहितको सुन्तला, एबोर्काडो, माहुरीको मह, कुच्चोको मुट्ठा र हस्तकलाको सामाग्रीहरु सहित कोलकाताको स्टलमा नेपाली झण्डा सहित राखिने किसान याम अधिकारीले चियाबारी दैनिकलाई बताए । स्टलले नेपालको पहिचान गराई कृषि र पर्यटन प्रर्वधनमा सहयोग मिल्ने छ ।
सिलिगुडीमा रहेको इको टुरीजमले पश्चिम बंगाल, सिक्किम, भूटान, दार्जिलिङ, डुबर्स र नेपालको एग्रो टुरीजम प्रर्वधनको काम गर्दै आएको छ । विगत वर्षहरुमा पनि सहभागी भएको सलकपुरका किसानहरु भारतमा नेपाली कुषिको प्रचारले एग्रो टुरीजममा सहयोग मिलेको भएपनि नेपालमा पर्यटन प्रवर्धन गर्ने सरकारी तथा गैर सरकारी संस्था भने कानमा तेल हालेर बसेको सलकपुरका अगुवा कृषक कुमार मोक्तनले बताए । महोत्सवको तेस्रो वर्षसम्म पुग्दा सलकपुरेको सहभागिता रहनु र नेपालमै अलैंची र सुन्तला एकै ठाउँमा फलाएर कृषि बालीको लागि अध्ययनको उत्कृष्ट थलो बनेको सलकपुरमा सरकारी पक्षबाट केहीपनि सहयोग प्राप्त नभएकोमा किसानहरुको दुखेसो छ ।
स्टलमा आवत जावत र व्यवस्थापन खर्च समेत आयोजकले नै ब्यर्होने मोक्तानले बताए । टोलीमा जिर्मलेका किसानहरु याम अधिकारी, कुमार मोक्तान, वेदबहादुर राई, देवराज खनाल लगायत १५ जनाको टोली रहेको छ । पछिल्लो समय नेपाली कृषि उपज भारतीय ब्यपारीहरु र बिचौलियाहरुको नियन्त्रणमा रहेको गुनासो बढिरहेको बेला स्वयम किसानहरुले नै आफ्नो उत्पादन उपभोक्ता सम्म पु¥याउन पाउँदा नेपाली उत्पादनको बजार प्रर्वधन हुनेमा महोत्सव कोषे ढुङ्गा साबित हुनेछ ।

0 comments:
Post a Comment