टिका खतिवडा
श्रीअन्तु १२ इलाम: इलामका धेरै पर्यटकिय स्थल मध्ये श्रीअन्तुुमा रहेको अन्तुु पोखरी समेत पर्यटक लोभ्याउने एक आकर्षण केन्द्र बन्दै गएको छ । वरिपरी चियाबारी, धुपी, सल्ला लगायतका हरियाली मनोरम दृष्यले समेत अन्तुु पोखरीको सुन्दरतामा अझ रङ्रोगन थपेको छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो पोखरीमा हाल सयौँको सङ्ख्यामा पर्यटकहरु आउने र डुुङ्गा शयर गर्ने गरेको डुङ्गा सञ्चालक मोहन घिमिरेले बताए । डुङ्गा शयरको प्रतिब्यक्ति पचास रुपैयाँ लिइन्छ । यस सिजनमा दैनिक दश हजार सम्म आम्दानी हुने गरेको घिमिरेको भनाई छ ।
वि.सं.२०६० सालबाट सो पोखरीमा डुङ्गा सञ्चालन गर्न थालिएको हो । हिउँदको सिजन भएकाले पनि हाल सो क्षेत्रमा पर्यटकहरुको चाप बाक्लो रहेको छ । मेची राजमार्ग अन्तर्गत फिक्कलबाट १३ किलोमिटरको दुुरीमा रहेको श्रीअन्तुुमा हाल देशका विभिन्न क्षेत्र र भारत भुुटान समेत पर्यटकहरु आउने गरेको स्थानियबासी बताउँछन् । फिक्कलबाट करिव १२ किलोमिटर छिरुवा भन्ने स्थानसम्म पक्की सडक र करिब एक किलोमिटर कच्ची सडक पार गरेसँगै श्रीअन्तुका सुन्दरताले जो कोहीको मन लोभ्याउने गरेको छ ।
श्रीअन्तु सुुर्योदय र सुुर्योस्थको दृष्य अवलोकनकालागि विश्वकै आकर्षण गन्तब्य मानिन्छ । कार्तिक लागेसँगै मौसम खुल्छ र सो स्थानबाट झुुल्केघामको दृष्य प्रस्ट देखिन्छ । सोही दृष्य हेर्न पनि टाढा–टाढाबाट पर्यटकहरु श्रीअन्तुु भित्रिने गरेका छन् । यसै सिजनमा मात्र पन्ध्र हजार माथी पर्यटकहरु सो स्थानमा पुुगेको अन्तुु पर्यटन पुुर्वाधार विकास समितिले जानकारी दिएको छ ।
पोखरीको बाहिरी क्षेत्रमा सामान्य पसल राख्नेहरुको समेत राम्रै कमाई हुुने गरेको उनीहरुको भनाई छ । श्रीअन्तुु भित्रिने पर्यटकहरुले त्यहाँको सागसब्जी समेत लगेर जाने भएकाले त्यस क्षेत्रका किसानको उत्पादन बाहिरी जिल्लाहरुमा निकासा हुने गरेको उनीहरु बताउँछन् । अन्तुका हरियाली डाँडा, अनि नजिकै भारतसँको सिमा क्षेत्र भएकाले पनि त्यहाँ उत्पादित वस्तु बाहिर निर्यात हुन्छ । निर्यातित वस्तुले त्यस क्षेत्रका बासिन्दाको आम्दानी बढाएको हो ।
पोखरीको सुन्दरतामा सघाउन एक जोडी हाँस समेत देख्न पाइन्छ । ती हाँसहरुलाई बस्नका लागि पोखरीको बिच भागमा काठको खोर बनाइएको छ । अन्तुु पर्यटन प्रवर्धन विकास समितिले सो पोखरीमा दुुईवटा डुुङ्गा सञ्चालन गरेको हो । अन्तुको विकासकालागि मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समितिले समेत सहयोग गर्दै आएको छ । त्यस क्षेत्रको विकासकालागि समितिले गुुरु योजना बनाएर नै काम गर्ने निर्देशक केशव द्यौरालीले बताए । अन्तुुको पर्यटन प्रवर्धनमा जसरी बाहिरी क्षेत्रको सहयोग छ उसैगरी स्थानिय बासिन्दाहरु समेत लागि परेर अन्तुुको विकासमा लागि परेका छन् । अन्तुुको जस्तै जिल्लाका अन्य पर्यटकिय गन्तब्यको समेत विकासमा लागि परे पर्यटन क्षेत्रबाट नै जिल्लाको मुहार फेरिन लामो समय लाग्ने थिएन ।
0 comments:
Post a Comment