इलाम, १२ मंसिरः मंसिर १२ गतेको दिन, आइतबार, बिहान १०ः५५ बजे । स्थानः जमुना गाविसको स्वास्थ्य चौकी । ढोकामा मङ्सिर ११ गतेदेखि ४ दिनका लागि स्वास्थ्य चौकी बन्द हुने सुचना टाँस गरिएकोे छ । नियमित खोप परेका कारण स्वास्थ चौकी बन्द भएको भन्दै स्वास्थ्य चौकी परिवार जमुना ६ लेखि अमुक व्यक्तिको हस्ताक्षर गरिएको छ । चौकीको लेटर प्याड प्रयोग गरि प्रवाह गरेको सुचनामा पत्र सङ्ख्या र चलानी नम्बरको महल खाली छ, सुचना जारी गरेको मिति समेत उल्लेख गरिएको छैन । यता १ घण्टाको बाटो हिडेर आफ्नी नातिनीको कान दुखेको उपचार गराउन जमुना १ बाट ५१ बर्षीय रामकुमारी राई चौकी आइपुगेकी छिन् । १० बर्षे नातिनी (छोरीको छोरी) रितु राई कानमा भएको असह्य पिडा आँखाबाट पोख्दै छिन् । चौकी अझै ३ दिन बन्द हुनेवाला थाहा पाएर रामकुमारी निरास भइन् । उनले भनिन्, ‘रितुको बाआमा दुवै परलोक भए, मामल बसेर हुर्किर्दैछे, अब अझै ३ दिन बन्द हुने भएपछि मैले उपचारको लागि कता लानु ?’ जनस्वास्थ्य कार्यालयमा प्रमुख जीवनकुमार मल्लले ओपिडी सेवा भन्दा खोप महत्वपूर्ण भएकोले कर्मचारीले त्यसो गर्नु ठिकै भएको बताए तर ४÷४ दिनसम्म किन बन्द गरेछन्, म बुझ्छु । यता स्वास्थ्य चौकी प्रमुख भुपेन्द्र भट्टराई भने स्वास्थ्य चौकी र स्वास्थ्य कार्यालयकै नियमित कार्यक्रममा जिल्ला गएका थिए ।
स्वास्थ्य विभागका एक निर्देशक मोहम्मद दाउदले केहि दिन अघि इलामका पत्रकारसँग एक कार्यक्रममा बोल्दै भनेका थिए, अब स्वाथ्य चौकी वेलूका ५ बजेसम्म खोलेर सेवा दिइएन भने तत्काल उजुरी गरेमा कारबाही हुन्छ । यहाँ त परिस्थितिनै फरक छ, कहाँको हुनु ५ बजे, यहाँ त पुरै ४ दिन चौकी बन्द छ ।


0 comments:
Post a Comment