इलाम, ६ मंसिर: संरक्षित वन्यजन्तु सालकको खपटा सहित इलाममा पाँच जना पक्राउ परेका छन । मेची राजमार्गको बरबोटे–३ मा आइतबार राती ९ बजेको समयमा पाँचथरबाट इलाम तर्फ आउदै गरेको मे १ ज ९८३ नम्बरको यात्रुबाहक सवारी साधनमा सालकको खपटा सहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पाँचथर रानीटार–४ का डेनी सुब्बा, झापा खुदुनाबारी घर भइ पाँचथर फिदिम–१ बस्ने विनोद शिवा, झापा दमक घर भइ फिदिम–१ बस्ने योगेश नेपाली, फिदिम–१ का जीवन सुजी र पाँचथर लुम्फाबुङ्ग–१ का सागर लावती रहेका छन । उनीहरुको साथबाट २ केजी ८ सय ग्राम खपटा बरामद गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । पक्राउ गरिएका ५ जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए ।
0 comments:
Post a Comment